back
NMB ad

अर्ग्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउन कर्मचारीहरुलाई मन्त्री अर्यालको निर्देशन

Kumari bank ad

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अग्र्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज(बिहिवार) मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुग्नुभएको थियो ।

पुल्चोकस्थित विभागहरुको अनुगमन, निरिक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिनुभएको थियो ।

कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभएपनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताउनुभयो ।

त्यसका निम्ती आवश्यक कार्यक्रम र कार्ययोजना बनाउन समेत मन्त्री अर्यालले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । ‘अग्र्यानिङ खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ । रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर अब प्राङ्गारिक मलमा जोड दिउँ । रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बृद्धि गर्दै लैजाउ ।’

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उहाँले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । कृषकले कृषि कर्म गर्नका निम्ती मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाका बारेमा समेत लेखाजोखा गर्न निर्देशन दिँदै उहाँले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडी बढाउन निर्देशन दिनुभयो । ‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको ? त्यसको लेखाजोखा गर्नुस्’, मन्त्री अर्यालले भन्नुभयो, ‘अनुदानका कार्यक्रमलाई पुर्नविचार गरौं । यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।’ राम्रा कामलाई निरन्तरता हुने ढंगले अगाडी बढ्नुपर्ने भन्दै उहाँले सोच र कार्यशैली बदलेर कामलाई अगाडी बढ्न निर्देशन दिनुभयो ।

निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर व्यवसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउदै मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न व्यवसायिक कृषि प्रणालीमा जोड दिनैपर्ने बताउनुभयो ।

यसैबीच पशुसेवा विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मासु, दुध र माछामा आत्मनिर्भर भयौं भन्ने ढंगले तयारी अगाडी बढाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

बजारमा देखिएको बोयर बाख्राको मागको पुर्ती गर्नेगरी काम गर्न समेत निर्देशन दिुनुभयो । पशुपंक्षीका क्षेत्रका सूचना प्रणालीलाई व्यवस्थित गर्न आग्रह गर्दै मन्त्री अर्यालले प्रत्येक दिनको सूचना अपडेट हुनेगरी सूचना प्रणाली विकास गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कोभिड–१९ संक्रमणका कारण मुलुक लकडाउनको स्थितीमा रहेका बेला किसानहरुको दुध बिक्रि नभएर सडकमा पोख्ने अवस्थाको स्मरण गर्दै उहाँले दुध बिक्रि नहुँदा पनि त्यसबाट उत्पादित हुने परिकारहरु बनाउने सीप तथा औजारहरु किसानलाई प्रदान गर्न निर्देशन दिनुभयो ।

अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाएर मन्त्रालयमा पेश गर्न निर्देशन दिँदै मन्त्री अर्यालले कार्ययोजना बनाउदा कृषिले पशु र पशुले कृषिबाट अलग हुनेगरी नबनाउन समेत निर्देशन दिनुभयो । ‘अल्पकालिन, मध्यकालिन र दिर्घकालिन स्पष्ट खाका सहितको कार्ययोजना बनाएर पेश गर्नुहोला । कार्ययोजना बनाउदा कृषिलाई एकातिर र पशुलाई एकातिर बनाएर हुदैन । कृषि र पशुपंक्षी भनेका एकअर्काका परिपूरक हुन्’, मन्त्री अर्यालले भन्नुभयो ।’

अनुगमन नतिजालाई हेरेर काम अगाडी बढाउदै भोली कसैले प्रश्न गर्न नसक्नेगरी अनुगमन गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘बिकृति नआउनेगरी काम गर्नुहोला । स्वस्थ अनुगमन प्रणाली विकास गर्नुस । वार्षिक कार्यक्रममा केन्द्रित हुदै तथ्यमा आधारित भएर काम गर्नुस् ।’

त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयको बित्तिय प्रगती बढाउने लक्ष्य रहेको भन्दै त्यहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भएपनि काम देखिनेगरी अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।

त्यसैगरी पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेश गरिने बताउनुभयो । केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएको भन्दै उहाँले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा कृषि विभागका महानिर्देशक डा.गोविन्दप्रसाद शर्मा, उपमहानिर्देशक बेनुप्रसाद प्रसाई, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठले विभागका कामकारबाहीका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।

वि.सं.२०७७ पुस १६ बिहीवार १६:५२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...