back
NMB ad

सिभिल बैंकको प्रायोजनमा ‘युथ म्युजिक कन्टेस्ट २०२१’ हुँदै

Kumari bank ad

काठमाडौं । नयाँवर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै दया फाउन्डेसनले ’युथम्युजिक कन्टेस्ट २०२१’ नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्ने भएको छ । कार्यक्रमको प्रायोजन सिभिल बैंक लिमिटेडले गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोश्रो हुनेले १५ हजार र १० हजार पुरस्कार पाउँने छन् । प्रतियोगितामा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् ।

इच्छुक प्रतियोगीहरूले अधिकतम ५ मिनेट सम्मको गीत गाएर ’युथम्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।

प्रतिस्पर्धीले कुनै पनिभाषाको गीत गाउन सक्ने भए पनि नेपालको विभिन्न मौलिक भाषामा गाइएको गीतलाई प्राथमिकता दिइने बताइएको छ ।

नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएकोले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान पनि गरिएको छ ।

पहिलो चरणको गीत जनवरी १२ तारिकसम्ममा अपलोड गरि सक्नु पर्ने छ । जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरिसक्नुपर्ने छ।

अन्तिम चरणमा ’युथम्युजिक कन्टेस्ट २०२१’ का विजेताहरूको घोषणा ७० प्रतिशत फेसबुक ग्रुपमार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको आधारमा गरिनेछ ।

कोरोनाको कारण युवाहरु माझ भएको मानसिक तनाबलाई न्यूनिकरणका लागि कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार १७:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...