back
NMB ad

निजामती सेवातर्फ ३०४ जनालाई मात्रै नियुक्तिको सिफारिस !

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले गत आर्थिक वर्षभरिमा निजामती सेवातर्फ ३ सय ४ जनालाई मात्रै नियुक्तिको सिफारिस गरेको छ । विगतका वर्षहरूको तुलनामा उक्त संख्या न्यून हो ।

कोभिड महामारीका कारण आयोगले निकाल्ने विज्ञापन, परीक्षालगायतका काम रोकिएपछि सिफारिस संख्या कम भएको आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार विगत वर्षहरूमा निजामती सेवातर्फ मात्रै ५ देखि ६ हजारसम्म सिफारिस हुँदै आएकामा यस वर्ष सयको अंकमा उक्त संख्या झरेको छ ।

कोभिडका कारण अन्य क्षेत्र प्रभावित भएजस्तै सरकारी सेवाको भर्ना प्रक्रिया पनि प्रभावित भएको उनले उल्लेख गरे । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष गत आवको वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगको ६१ औं प्रतिवेदनले सरकारी सेवामा भर्ना अत्यन्तै न्यून हुन पुगेको औंल्याएको छ ।

कोभिडको कारण जनाउँदै चैत ११ देखि लकडाउन लगाइएपछि सरकारले नयाँ विज्ञापनको प्रकाशन र परीक्षाहरूमा रोक लगाएको थियो । लिखित उत्तीर्ण भएकाको मौखिक परीक्षा, प्रारम्भिक परीक्षा उत्तीर्ण भएकाको अर्को चरणको लिखित परीक्षा रोकिएको थियो । फाराम भरेर परीक्षा दिन नपाएकाको संख्या ठूलो हुन पुग्यो । आयोगले तिनै कारणहरूले नियुक्तिको सिफारिस कम भएको जनाएको छ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार ११:४२ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...