back
NMB ad

जहाँ ३० लिटर दूध दिएर ३ सय लिटर पानी किनिन्छ …

Kumari bank ad

पाल्पा । खडेरीले पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन् ।

यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ।परिवारको दिगो आयआर्जनको पशुपालन व्यवसाय बनाएका यहाँका कृषकले दैनिक ३० लिटरदेखि १०० लिटरसम्म एक घरपरिवारले दूध उत्पादन गरेर बिक्री गर्छन्। दूध बेचेर लिएको आम्दानीले एक घरपरिवारले दैनिक ३०० देखि एक हजार लिटरसम्म पानी किन्ने गरेको अगुवा कृषक बलबहादुर सिंजालीले बताए।

पिउने पानी र गाईवस्तुका लागि प्रतिलिटर रु एकमा पानी किन्ने गरेको उनीहरु बताउँछन्। कृषक कुलबहादुर नगरकोटी भन्छन्, “दैनिक ५०० लिटरभन्दा बढी पानी किन्नुपर्छ, दूध बेचेको रकम पानीमै खर्च हुन्छ।” नगरकोटीले नौ वटा गाईबाट दैनिक ५० लिटरसम्म दूध बिक्री गर्छन्।

मायाँ खाँड पनि दैनिक ४०० लिटर पानी किनेर गाईपालन व्यवसाय गर्छिन्। पानीको समस्याले गर्दा व्यवसाय बढाउन मन भए पनि बढाउन नसकिएको उनले बताइन्। उनले सात वटा गाईबाट दैनिक ३०र४० लिटरसम्म दूध बिक्री गर्छिन्। ।

दूध बेचेर लिएको आम्दानीबाट यहाँ दैनिक चार ट्याङ्करभन्दा बढी पानी भित्रने गर्दछ। गाउँ नजिकै मूल, कुवा र अन्य पानीका स्रोत नहुँदा यहाँका कृषकले दिनहुँ पानी किनेर व्यवसाय गर्न समस्या भएको बताउँछन्। दूध बेचेर जीविका चलाउनका निम्ति छाप गाउँका सबै कृषकले हिजोआज गाईपालन व्यवसाय अपनाएका छन्। पानीको आपूर्ति सहज भएको खण्डमा यस गाउँलाई दूध उत्पादनको नमुना पकेट क्षेत्र बनाउन सकिने पशुसेवा केन्द्र मदन पोखराका पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए।

११ जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ ११ मंगलवार १०:५२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...