back
NMB ad

बजारलाई नयाँ ढंगले व्यवस्थापन नगरिकन किसानलाई खुसी बनाउन सकिदैन : मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ती बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजीत कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो ।
किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ती निम्ती नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । ‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरुलाई खुसी बनाउन सकिदैन ।

कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौ’ भन्ने’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर किसानहरुले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिती राम्रो होइन । दुध उत्पादन ग¥यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भिीर कुरा हो । मान्छेलाई निराश बनाउने ऋण थपाउने कुरा राम्रो होइन ।’

बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उहाँले हिजोको परम्परावादी योजना, सोचले अब अगाडी बढ्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको आवश्यकताहरु पुर्ती गर्नेगरी जानुप¥यो । आजका समस्या के हुन ? आजका समस्या समाधान गर्न के गर्ने भन्ने हिसाबले गहन अध्ययन गरेर जाउ ।’

आफ्नो कार्यकालमा केही नयाँ गर्नेगरी जान कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले हिजोको नेतृत्वले जे ग¥यो त्यसको निरन्तरता मात्र आजको आवश्यकता नभएको बताउनुभयो । मेरो पालामा केही नयाँ चिज दिन्छु भन्ने हिसाबले अगाडी बढ्न समेत उहाँले आग्रह नयाँ सिस्टम बसाल्छु भन्ने ढंगले अगाडी बढ्न निर्देशन दिनुभयो ।

सरकारले संघीय, प्रादेशिक र स्थानीय गरी ३ खालको बजारको परिकल्पना गरेको बताउदै मन्त्री अर्यालले कस्ता बजारलाई कुन बजारमा राख्ने भन्ने ढंगले मापदण्ड बनाउन निर्देशन दिनुभयो । ‘कस्तालाई कुन बजारमा राख्ने ? तपाईहरु मापदण्ड बनाउनुस ।

यसलाई कार्यान्वयन गर्नेगरी जाम । किसानलाई उत्साहित बनाउन यो कार्य जरुरी छ’, उहाँले भन्नुभयो, ‘हाम्रो बजार हाम्रो हातमा छैन । कोभिडको बेला किसानहरुले तरकारी, फलफूल उत्पादन गरे । काठमाडौं आइपुग्दा हाम्रो बजार त अर्कैले कब्जा गरिसकेको छ ।

अनि किसानहरु फर्केर जाने स्थिती बन्यो । बजारको बर्गीकरण गरेर ल्याउनुस । हाम्रो बजार हाम्रो हातमा नलिई किसानहरुको हित हुदै हुदैन । योजना लिएर आउनुस । आजसम्मको तपाईहरुको अध्ययनले के भन्छ ?’

कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरुले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसको बारेमा रिपोर्ट ल्याउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

सरकारका तर्फबाट बिक्रि भएका बेर्नाबाट उत्पादन भएन भन्ने कुरा बढी उठ्ने गरेको भन्दै उहाँले यस सन्दर्भमा सत्यतथ्य पत्ता लगाएर रिपोर्ट दिन समेत निर्देशन दिनुभयो ।

दुग्ध विकास वोर्ड र संस्थान दुईवटा निकाय रहेकाले संस्थान र वोर्डहरुको अन्तरसम्बन्धहरुलाई छुट्याएर अलग–अलग संरचना राखेर झञ्जटिलो बनाउनु भन्दा एकीकृत गर्न सकिन्छ भने यस विषयमा सोच्न समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

किसानहरुले दुधको भुक्तानी नपाएको कुरा आइरहेको भन्दै उहाँले दिगो बजार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान जान जरुरी रहेको बताउनुभयो । ‘किसानहरु आफ्नो दुधको भुक्तानी किन पाएननन ।

कोभिडका कारणले पाएनन की अरु पनि कारण छन् । किसानलाई उत्पादन गर भन्ने तर किसानको दुधको मूल्य नदिने भन्ने कुरा राम्रो भएन’, मन्त्री अर्यालले भन्नुभयो, ‘यसको दिगो समाधान के हो ? उत्पादन रोक्नु भएन । उचित समयमा उचित मूल्य कसरी दिन सकिन्छ ? दीर्घकालिन समाधान सहित अगाडी बढ्नुपर्छ । नत्र यस्ता विषयहरु बल्झिरहन्छन् ।’

वि.सं.२०७७ पुस २० सोमवार १५:५३ मा प्रकाशित

You can share this post!

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१४

काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र...

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:०९

काठमाडौँ, १ जेठः सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका...

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...