back
NMB ad

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थमन्त्रीसामु परिसंघको माग

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो ।

यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ ।

परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वित्तीय साक्षरता, साना तथा मझौला उद्योगहरुको विकास विस्तारका लागि सहज वित्तीय पहुँच पु¥याउनका लागि आफूहरु तत्पर रहेको अर्थमन्त्रीलाई जानकारी गराएको थियो ।

यस्तै युवा तथा महिला उद्यमशीलताको विकास एवं विस्तार जस्ता विषयमा व्यावसायिक तालीम तथा प्रशिक्षण कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रतिनिधिमण्डलले व्यक्त गरेका सुझावलाई आफूले सकारात्मकरुपमा लिएको र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको परिसङ्घले जनाएको छ ।

सरकार सदैव बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने भन्दै उनले राष्ट्रको सर्वाङ्गीण विकासका लागि सम्पूर्ण क्षेत्रबाट योगदानको अपेक्षा गरे ।

सो अवसरमा परिसङ्घका उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशवबहादुर रायमाझी, सदस्य एवम् हिमालय बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीलगायतको सहभागिता थियो ।

वि.सं.२०७७ पुस २१ मंगलवार ०९:०१ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...