back
NMB ad

ट्राफिक व्यवस्थापन अभियान शुरु

Kumari bank ad

तनहुँ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन तथा सुधार अभियान शुभारम्भ गरेको छ ।

दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको हो । यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण दिइने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।

गण्डकी प्रदेशमा भएका सवारी दुर्घटना बढी मात्रामा दुईपाङ्ग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई प्रशिक्षण कार्यक्रम आवश्यक भएको उनले बताए । ढकालका अनुसार चालू आर्थिक वर्षमा गण्डकी प्रदेशमा १८६ सवारी दुर्घटना भएकामा ११४ दुर्घटना दुईपाङ्ग्रे सवारीबाट भएका छन् । यस अवधिमा सवारी चालकको लापरवाहीले १३७ दुर्घटना भएका छन् । “नेपालमा हुने दुर्घटनामध्ये दुईपाङ्ग्रेको सङ्ख्या अत्याधिक छ, दुईपाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न प्रदेशभर प्रशिक्षण अभियान सञ्चालन गर्छौ,” उनले भने ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत विशेषतः तीनवटा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ । दुईपाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारी साधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइने छ ।

सप्ताहव्यापी रुपमा हुने अभियानमा तनहुँ जिल्लाका शहरी ठाउँमा सडकमै पाँच मिनेट मोटरसाइकल र स्कूटर चालकलाई प्रशिक्षण दिइने छ । “एकपटकमा १५ देखि २० वटा दुईपाङ्ग्रे सवारी रोकेर प्रशिक्षण दिन्छौँ”, उनले भने, “सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा, सडक दुर्घटना न्यूनीकरणका उपायबारे सिकाउछौं ।” यस अभियान दैनिक रुपमा डेढ घण्टा सञ्चालन गरिने छ ।

अभियानको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि प्रदेश सरकारको सदैव सहयोग रहने प्रतिबद्धता जनाए । सवारी साधनको सङ्ख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले सडक संरचना सुधारको आवश्यकता रहेको मन्त्री चुमानले बताए । ट्राफिकलाई उपकरणयुक्त र प्रविधियुक्त बनाउने अभियानमा प्रदेश सरकार लागिपरेको मन्त्री चुमानको भनाइ छ ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको बताए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले ट्राफिक व्यवस्थापन तथा सुधारले शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने बताए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १४:४१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...