back
NMB ad

रोटरीका सहयोगमा खानेपानी योजना शुरु

Kumari bank ad

तनहुँ । अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा तनहुँको ब्यास नगरपालिका–५ चुँदेरमा खानेपानी योजना शुरु भएको छ ।

वर्षौदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका बासिन्दाका घरघरमा खानेपानी पु¥याउने उद्देश्यसहित रोटरी चुँदेर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण हुन लागेको हो ।

रोटरी क्लब अफ दमौलीको सक्रियतामा सो ठाउँमा खानेपानी योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । “सो ठाउँको खानेपानी समस्या बारेमा जानकारी पाएपछि स्थलगत सम्भाव्यता अध्ययन ग¥यौं, अध्ययनले उक्त ठाउँमा खानेपानी योजना निर्माण गर्न सम्भव रहेको देखिएपछि योजनाको काम थालेका हौँ,” रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले भने ।

खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेटले ८४ लाख ८१ हजार ६६७ सहयोग गरेको छ । खानेपानी योजनाको डिपिआर स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको थियो ।

खानेपानी योजनाको आज रोटरी क्लब ३२९२ का निवर्तमान गर्भनर किरणलाल श्रेष्ठ र ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

रोटरीले सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी सुविधा पु¥याउने उद्देश्यसहित सरकारी निकायसँग समन्वय गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको रोटरी क्लब ३२९२ का निवर्तमान गर्भनर श्रेष्ठले बताए । नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा रोटरी क्लबले सहयोग गर्दै आएको उनले जानकारी दिए ।

ब्यास नगरपालिकाका प्रमुख न्यौपानेले खानेपानी नभएका कारण बेँशी झरेका यहाँका स्थानीयवासी अब गाउँ फर्किने विश्वास व्यक्त गर्दै खानेपानी योजनाका लागि सहयोग गरेकामा रोटरीप्रति आभार व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले नगरवासीलाई स्वच्छ खानेपानी सुविधा उपयोग गराउन नगरपालिका पनि लागिपरेको बताए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पोख्रेलले रोटरीले नेपालको विभिन्न क्षेत्रमा पु¥याउँदै आएको सहयोग सकारात्मक रहेको बताए । ब्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डाँडामा बस्ती र मुहान तल रहेका कारण चुँदेरमा वर्षौदेखि खानेपानी समस्या रहँदै आएकामा योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज हुने बताए ।

खानेपानी योजनाबाट ब्यास नगरपालिका–५ स्थित चुँदेर, रानीटारी र नेपालटारका २२९ घरका एक हजार १०८ जना लाभान्वित हुनेछन् । सो योजनाबाट २० घर दलित, १२१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत् घरघरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ ।

उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीन वटा मुहानमर्मत गर्नुपर्ने देखिएको छ ।

चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानी टारीमा पानी वितरण गर्ने योजना छ । दुई महिनाभित्र खानेपानी योजना सम्पन्न गरेर घरघरमा धारामार्फत् पानी पु¥याइने इञ्जिनीयर प्रकाश शर्माले जानकारी दिए ।

वि.सं.२०७७ पुस २१ मंगलवार १४:४३ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...