back
NMB ad

सबै विद्यालयहरू माघ १ गतेदेखि सञ्चालन हुने

Kumari bank ad

भक्तपुर । भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू माघ १ गतेदेखि सञ्चालन हुने भएको छ।

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो।

पुस २० गते बसेको समितिको बैठकले कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी यसअघि मङ्सिर २३ गते बसेको यस समितिको बैठकले नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू पौष १ गतेदेखि कक्षा ८, ९ र १० लाई आलोपालो गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय भएको थियो।

निर्णय अनुसार कक्षा ८, ९ र १० का कक्षाहरु मात्रै सञ्चालन हुँदै आएकोमा अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरू माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय ग¥यो।

साथै विद्यालय सञ्चालनको क्रममा विद्यार्थी तथा शिक्षकरकर्मचारीहरूमा कोभिड–१९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयहरूलाई जानकारी गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

वि.सं.२०७७ पुस २१ मंगलवार १६:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...