back
NMB ad

अन्ततः माघ ५ गतेबाट अनिश्चितकालिन हड्ताल र बन्द गर्ने निर्णय !

Kumari bank ad

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चित कालिन शैक्षिक हड्ताल गर्ने निर्णय गरेको छ ।

युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन लाग्दा समेत शिक्षक, कर्मचारी, चालक तथा सहचालकहरूलाई पूर्ण पारिश्रमिक नदिइ विद्यालय सञ्चालकहरूले झारो टार्ने प्रयास गरिरहेको प्रति खेद प्रकट गर्दै अन्याय बिरूद्ध लड्न विद्यालय बन्द जस्तो कठोर कदम चाल्न बाध्य भएको हो ।

बैठकले २०७७ जेठ ५ गते भद्रपुर नगरपालिकाको कार्यालयमा प्याब्सन एन प्याब्सन भद्रपुर नगर समितिले संस्थगत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिसित गरेको सहमती २०७७ पौषको अन्तिम सातासम्म आइपुग्दा पूर्ण रूपमा कार्यान्वयनको चरणमा पुग्न नसकेको प्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

नगर सरकार जस्तो जिम्मेवार निकायमा आएर सहमती गर्ने कार्यान्वयनका चरणमा नगरपालिका जान्दछ भनेर पछि हड्ने संस्थागत विद्यालयका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याएर नीति र विधिमा चल्ने वातावरण बनाइ दिन अनुरोध समेत गरेको छ ।

बैठकले यस शैक्षिक वर्षको पहिलो चार महिने अवधिमा कोरोनाका कारण विद्यालय बन्दको बाहना देखाएर राज्यको नीति नियम अतिक्रमण भएको ठहर गर्यो ।

दोश्रो चारमहिनामा विद्यालय विभिन्न रूपबाट सञ्चालनमा आए । अभिभावकहरूले शुल्क समेत तिरे तर शिक्षक कर्मचारीको श्रमलाई अपमानित गर्दै झारो टार्ने शैलीमा कनिका छरेजस्तो पारिश्रमिक छरेर शोषणको उत्कण्ठा मच्चाइयो भन्दै यसखालका श्रमिक मारा व्यवहारको प्रतिवाद गर्न बन्दको बाटो रोज्ने निर्णय गरेको हो ।

यस अभियानमा अभिभावक, राजनीतिक दल, विद्यार्थी संघ, संगठन, मानव अधिकारकर्मी, सञ्चार जगतलाई समेत न्यायका लागि अगाडि आएर सहयोग गर्न अपील गरिएको छ ।

वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक नदिने कार्य विद्यालय सञ्चालकहरूले कुन कान्ुन अनुसार गरेको हो ? विद्यार्थीका टाउका गनेर शुल्क उठाउन अनुमति दिने नगर शिक्षा समितिले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालकलाई पारिश्रमिक दिन बाध्य बनाउन सक्छ कि सक्दैन ? भन्दै बैठकमा राज्यको नीति र नियम समेत नमान्ने विद्यालय सञ्चालकहरूलाई कानुनी प्रकृयामा ल्याइ अराजक अवस्था अन्त्य गर्न माग गरिएको छ ।

यसैगरी बैठकले माघ ५ गते संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालकको सम्युक्त नगर भेला सम्पन्न गरी थप कडा आन्दोलन चर्काउने निर्णय गरेको छ ।

आन्दोलन परिचालनका लागि उपाध्यक्ष विदुर ढुंगानालाई संयोजक बनाइएको छ भने अन्याय बिरूद्ध न्यायिक लडाइका लागि प्रदेश सहसचिव राजु वराललाई जिम्मेवारी तोकेको छ ।

नीति, नियम र कानुनलाई हातमा लिएर विद्यालय सञ्चालन गर्ने सोच त्याग्न विद्यालय सञ्चालकहरूसित आग्रह गर्दै बैठकले संस्थागत विद्यालयको शैक्षिक उन्नतिमा शिक्षक कर्मचारीको योगदान नविर्सन अनुरोध समेत गरेको छ ।

वि.सं.२०७७ पुस २२ बुधवार ११:२६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...