back
NMB ad

खलंगा पासागाड –रिम्ना सडक स्तरोन्ती तथा कालोपत्रेको काम शुरु

Kumari bank ad

जाजरकोट । डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गतको खलंगा पासागाड देखि रिम्नासम्मको सडक खण्ड स्तरोन्नति तथा कालोपत्रेको काम अगाडि बढेको छ । १६ किलामीटर दुरीमा कालोपत्रे काम अगाडि बढेपछि स्थानीयलाई आवतजावतमा सहज हुनुको साथै धुलोको सास्ती हट्ने भएको हो ।

खलंगा रिम्ना सडक ट्रयाक खोलिएको १२ बर्ष पछि स्तरोन्नती तथा पिचको काम थालिएको छ । हिउदमा धुलाम्मे तथा बर्खामा हिलाम्मे हुने सडकका कारण स्थानीयले संधै हैरानी ब्यहोर्दै आएका थिए ।

सडक निर्माणको काम अगाडि बढेपछि ठुलो संख्या स्थानीय मजदुरहरुले काम पाउनुको साथै रोजगारी पाएको भेरी नगरपालिका १ पिपेका भीमबहादुर रानाले बताउनु भयो । कामको खोजीमा जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो सडक निर्माणले बेराजगारीलाई रोजगारी मिलेको पिपेका हेमन्द बस्नेतको भनाइ छ ।

अहिले पासागाड, इउरी, फुबारी, कालेगाउँ, रावतगाउँ, पिपे, सालघारी, रिम्ना लगाएत स्थानमा धमाधम काम भइ रहेको छ । सडक कडा चट्टान फोड्ने, सडक चौडा गर्ने, नाली निर्माण, माटो कटिङ्ग, मेसनरी वाल लगाउने लगाएत काम भैइ रहेको दिवा–यती विल्डर्स जे.भीका साइट इन्चार्ज लक्ष्मण खतीवडाले बताउनु भएको छ । ३ बर्ष भित्रमा निर्माण सक्ने गरी तिव्र गतीमा काम भइ रहेको छ, उहाँले भन्नु भयो ।

साघुरो सडकको कारण सडक दुर्घटनाको जोखिम हट्नुको साथै स्थानीयलाई सहज सुविधा पुग्ने बारेकोट गाउँपालिका ९, सक्लाका धुब्र गौतमले बताउनु भयो ।

सडकको पिपे सालघारीमा १ किलोमिटर स्थान परिवर्तन गरेर माथिको भागबाट सडकको सिधा तथा छोटो दुरी कायम गरिएको छ । रिम्ना र पिपेको विचको कडा चट्टान फुटाउने काम भइ रहेको छ ।

सडकको स्तरोन्नति तथा कालोपत्रेको काम हुने भएपछि सवारी दुर्घटनामा कमी आउनुको साथै यातायात सन्चालनमा सहज हुने देखिन्छ । कच्ची सडक खाल्डाखुल्डी लगाएत कारण आवजावतमा निकै कठिन हुने गरेको थियो ।

दिवा–यती विल्डर्स जे.भी साखदोवाटो ललितपुरले ५१ करोड लागतमा सडकको स्तरोन्नती तथा कालोपत्रको जिम्मा लिएको छ । व्यवसायीले ३ बर्षमा सडकको १६ किलामीटर दुरी कालोपत्रे गर्ने कार्य तोकेको समय अगावै सम्पन्न गर्ने गरी काम गर्दै आएको छ ।

सडकको कुल चौडाइ ९ मिटर छ । पासागाड देखि रिम्नासम्म सडक छेउछाउमा पर्ने घरको मुआव्जा वितरण प्रक्रीया अघि बढाएको सडक डिभीजन कार्यालय चौरजहारी रुकुमले जनाएको छ ।

जाजरकोट – डोल्पा १ सय १७ किलोमिटर मोटरबाटो नेपाली सेनाले निर्माण गरेको हो । यो सडकको विभिन्न नदी तथा खोलामा दर्जन बढी मोटरेवल पुल निर्माण गर्नु पर्ने छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार ०८:१७ मा प्रकाशित

You can share this post!

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...