back
NMB ad

स्थानीय पूर्वाधार विकास कार्यालय स्थापना

Kumari bank ad

सुदूरपश्चिम । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत धनगढीमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरिएको छ ।

देशका सबै प्रदेशमा एक/एक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरी काम अघि बढाउने सरकारको नीति बमोजिम सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा यो कार्यालय स्थापना गरिएको हो ।

यो कार्यालयबाट पूर्वाधार विकासका लागि प्रदेश र स्थानीय तहको क्षमता विकासका साथै सडक पुल निर्माण तथा सुधारका क्षेत्रमा काम हुने बताइएको छ । कार्यालयअन्तर्गत पूर्वाधारको गुणस्तर परीक्षण गर्न प्रदेशमा उच्चस्तरको ल्याब (प्रयोगशाला) स्थापना गरिने जनाइएको छ ।

यस्तै पूर्वाधार निर्माणका लागि वैदेशिक सहयोग परिचालनका लागि सहजीकरण गर्नेलगायत काम गर्ने जनाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बिहीबार कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

वि.सं.२०७७ पुस २४ शुक्रवार ११:३७ मा प्रकाशित

You can share this post!

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...