back
NMB ad

आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग

Kumari bank ad

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर एक लाख ७७ हजार ४७४ सहयोग जुटाएका छन् ।

समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।

सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग सङ्कलन गरेको समाजका संयोजक नुर्बु शेर्पाले जानकारी दिए ।

आविष्कार केन्द्रले युवासँगको समन्वयमा बाँदर, भालु तथा जङ्गली जनवार धपाउन प्रयोग हुने उपकरणसमेत उपलब्ध गराउने जनाएको छ । हिजो (बिहीवार) नेपाल पत्रकार महासङ्घको कार्यालय खाँदबारीमा भएको कार्यक्रममा सहयोग रकमका बारेमा मकालु युवा समाजले जानकारी गराएको हो ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...