back
NMB ad

सेयर कारोबारको राफसाफ दुई दिनमै

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो खोलिदिएको छ ।

बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दुई दिनको राफसाफ चक्र कायम हुने गरी संसोधनका लागि पेश गरेको विनियमावलीलाई बोर्डले स्वीकृति दिएको हो । बोर्डले उक्त संशोधित विनियमावलीलाई स्वीकृति प्रदान गर्दै बोर्डले कार्यान्वयनको जिम्मेवारी सिडिएससीलाई सुम्पेको छ ।

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनसँगै धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको विश्वास छ । बोर्डको यस वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नु पर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्रीकर्ताले आफूले विक्री गरेको शेयर बराबरको रकम तीनदिन भित्र पाइसक्नु पर्नेछ भने खरीद कर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नु पर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भइसक्नु पर्नेछ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १७:३९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...