back
NMB ad

यी हुन् धेरै लाभांश दिने बैंक तथा वित्तीय कम्पनीहरु, कुनको कति ?

Kumari bank ad

काठमाडौं । कम्पनीले लाभांश प्रस्ताव गरेसँगै लगानीकर्ताहरु आकर्षित हुन्छन् । कम्पनीको शेयरमा लगानीकर्ताहरुको भिड लाग्ने गर्छ । लगानीकर्ताले सामान्यतया जुन शेयर किन्दा जुन कम्पनीले धेरै प्रतिफल दिन्छ उक्त कम्पनीको नै शेयर बढी खरिद गर्छन् ।

लाभांश धेरै दिने कम्पनीहरु मध्ये एक हो नविल बैंक लिमिटेड । गत आव ०७६/०७७ को कमाईबाट शेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।

हिमालयन डिष्टिलरी लिमिटेडले आव ०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५० प्रतिशत नगद गरेर जम्मा १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीको २० औं साधारण सभा पुसको २९ गते पर्सामा हुनेछ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत कर प्रयोजनको लागि लाभांश वितरण गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई २७.७६९ प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

यसैगरी, ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्था लिमिटेडले २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यसैगरी धेरै लाभांश वितरण गर्नेहरुमा शिवम सिमेन्ट लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय सस्था लिमिटेड, स्पर्स लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैक, एनएमबि लघुवित्त रहेका छन् ।

वि.सं.२०७७ पुस २६ आइतवार १८:२० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...