back
NMB ad

तीन अर्ब लागतमा विराटनगर विमानस्थल विस्तार गरिने

Kumari bank ad

विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ। विस्तारलाई आवश्यक जग्गा अधिग्रहणसँगै सबैभन्दा पहिले टर्मिनल भवन निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजनाका निर्देशक एवं एयरनोटिकल इन्जिनियर विभागका प्रमुख प्रदीप अधिकारीका अनुसार नयाँ टर्मिनल भवनको डिजाइन तयार भइसकेको छ। त्यसको पूर्व मूल्यांकनका लागि सूचनासमेत प्रकाशित भइसकेको छ।

तीन अर्ब लागतमा साविक विमानस्थलको कार्यालय उत्तरतर्फको जग्गामा निर्माण गरिने भवन डोमेस्ट्रिकसँगै अन्तर्राष्ट्रिय उडान सुरु हुँदा प्रयोगमा ल्याउनसक्ने गरी डिजाइन तयार पारिएको अधिकारीले जानकारी दिए।

इन्जिनियर अधिकारीका अनुसार १६ हजार २७७.८२८ वर्गमिटर क्षेत्रफलमा बन्ने भवनको भुइँतला ८ हजार ९७५.६९ वर्गमिटरको हुनेछ।

उनले भने, ‘त्यसमा १७ वटा टिकेट काउन्टर, २४ वटा पसल, चारवटा रेष्टुरेन्ट, मिडिया कन्फरेन्स हल, तीनवटा भिआइपी कक्ष र बालउद्यान, मातृशिशु कक्षसहितको सुविधा सम्पन्न हुनेछ।’

सरकारले गत कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै प्रारम्भिक रुपमा काम अगाडि बढिसकेको छ।

प्राधिकरणले १० वर्षभित्रमा विराटनगर विमानस्थललाई दुईहजार ५०० सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ। त्यसका लागि जग्गाबाहेक १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि चार अर्ब खर्च हुने अनुमान गरिएको छ।

यसैगरी, २०२४–२०२६ मा वास्ता –पानी ढलो) तीन किलोमिटर डाइभर्सन र एप्रोज लाइट व्यवस्थापन लगायतका लागि २ अर्बको खर्चने अनुमान गरिएको छ। २०२७–२०३० मा ७ अर्ब बराबरको थप संरचना निर्माण गरिने योजना रहेको इन्जिनियर अधिकारीले जानकारी दिए।

त्यसक्रममा विराटनगर विमानस्थलका प्रमुख उत्सव प्रसाद खरेलले नापी कार्यालय मोरङले बिहीबार मात्रै जग्गाको कित्ता नम्बर उपलब्ध गराएको जानकारी दिए। जग्गा अधिग्रहणका लागि मोरङतर्फको बाउण्ड्री सर्भे अन्तिम चरणमा पुगेको र सुनसरीतर्फको काम भइरहेको उनको भनाइ छ।

साविक विमानस्थलाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको प्रमुख खरेलले जानकारी दिए। अन्तराष्ट्रिय हवाई उड्ड्यन प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्नका लागि विमानस्थलको रन–वे स्ट्रिप १४० मिटर आवश्यक पर्नेछ।

त्यसबाहेक १४.३ प्रतिशत स्लोपका लागि २५ मिटर खाली जग्गा हुनुपर्ने इन्जिनियर नल बिक्रम थापाले जानकारी दिए।

उनले भने, ‘हालको विमानस्थलमा ९५ देखि १४० मिटरसम्मको रन–वे स्ट्रिप रहेकाले त्यसलाई तत्काल बढाउनका लागि विमानस्थलको पूर्वतर्फको भागबाट उत्तर–दक्षिणको जग्गा अधिग्रहण गरिनेछ।’

पश्चिम क्षेत्रमा विमानस्थलको एप्रोज लाइट भएका कारण तत्काल विस्तार गर्न नसकिने भएकोले यसलाई दोस्रो चरणका लागि राखिएको छ। जग्गा अधिग्रहणपछि एप्रोज लाइटलाई सारेर मात्रै पश्चिमतर्फ विस्तारको काम हुने उनको भनाइ छ।

वि.सं.२०७७ पुस २७ सोमवार १२:३६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...