back
NMB ad

मालपोतमा बैंकको किर्ते सहिछाप गरी लाखौँ रुपैयाँको भौचर दाखिला

Kumari bank ad

बारा । मालपोत कार्यालय सिमरा, बारामा बैङ्कको किर्ते सहिछाप गरी एक लेखापढी व्यवसायीले भौचर दाखिला गरेको पाइएको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित मालपोत कार्यालय सिमरा कार्यालय छेउमै रहेको जय चुुरियामाई लेखापढी सञ्चालन गरी बस्ने लेखनदास अवधेश महत्तो कहार बैङ्कको किर्ते सही छाप गरी फरार भएका छन् ।

लेखनदास कहारले पुँजीगत लाभ कर ५९ हजार ८ सय ५० रुपैयाँ र राजस्व ४६ हजार ३ सय ८३ गरी जम्मा एक लाख ६ हजार २ सय ३३ रुपैयाँ सिद्धार्थ बैङ्कको भौचरमा किर्ते सही, छाप गरी मालपोत कार्यालयमा बुझाएका थिए ।

मालपोत कार्यालयलाई भौचरको सही, छापमा शङ्का लागि अनुसन्धान गर्दै जाँदा सिद्धार्थ बैङ्कको किर्ते सही र छाप प्रयोग गरिएको भेटिएको मालपोत कार्यालय सिमराका प्रमुख मनोज कुमार खनालले बताउनुभयो ।

उहाँले आवश्यक कारबाहीको लागि विभागमा पत्र पठाउने जानकारी दिनुभयो । जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित रमौलिमा रहेको जग्गा बिक्री गर्न पुगेका अन्हिया कोइरिन र खरिद गर्न पुगेका बन्दी सिलवालसँग रकम लिई लेखनदास कहारले सो बापतको रकमको जाली भौचर मालपोत कार्यालयमा बुझाएका थिए ।

लेखनदास कहार यसभन्दा अगाडि पनि पुर्जा जालसाजी र बैङ्क दृष्टि बन्धक जालसाजी लगायतका कार्यमा दोषी साबित भएका व्यक्ति हुन् । प्रहरीले उनको फर्मबाट नगद एक लाख १८ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १४:४२ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...