back
NMB ad

बालबालिकाका क्षेत्रमा गरिने लगानी फलदायी : प्रमुख खुलाल

Kumari bank ad

बिश्व अधिकारी, मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालबालिकाका क्षेत्रमा गरिने लगानीले भविष्यमा फलदायी सावित हुने बताउनुभएको छ ।

बालमैत्री गाउँपालिका घोषणाको तयारीमा रहेको जिल्लाको बकैया गाउँपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख खुलालले आजका बालबालिका नै भोलिका देशका कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

प्रमुख खुलालले समाज रुपान्तरण नै विकासको मापन भएकाले समाजलाई परिस्कृत बनाउन सक्नुपर्ने बताउनुभयो । उहाँले भौतिक उपलब्धीले मात्र विकासको मापन गर्न नहुने भन्दै समाजिक क्षेत्रमा समेत यथोचित बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

समाजिक क्षेत्रमा गरिएका कामले समाज परिर्वतन गर्न सकिने उहाँको भनाई थियो । उहाँले बालमैत्री घोषणा गर्नु ठुलो कुरा नभएको भन्दै यसको निरन्तरताको लागि योजनाबद्ध रुपमा काम अगाडी बढाउन समेत सुझाव दिनुभएको छ ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले बालमैत्री स्थानीय तह घोषणाले सामुदायिक विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले बालमैत्री स्थानीय तह घोषणाका सुचकहरुको दिगोपनामा ध्यान दिन सुझाव दिनुभयो ।

समन्वय अधिकारी आन्नदराज पोखरेलले बालमैत्रीका सुचकहरुको गुणस्तरीयता, स्थानीयकरण र दिगो कार्यान्वयनको पक्षमा ध्यान दिन सुझाव दिनुभएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर खनालले बालमैत्री स्थानीय शासन र यसका चरणहरुका बोरमा, उपाध्यक्ष सरला बोलखेले बालमैत्री स्थानीय शासन स्थापनाका लागि बिगत ३ वर्षमा गरिएको काम, प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बालमैत्री स्थानीय शासनका सुचक र बालमैत्री सहजकर्ता फणिकरमण प्याकुरेलले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरिएका कृयाकलाप, तथ्याङ्किय अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सम्पूर्ण गाउँपालिकाले बालमैत्री घोषणाका चरणहरु पार गरेको र यसको निरन्तरताका लागि योजनाबद्ध रुपमा अगाडी बढेको बताईएको छ ।

कार्यक्रममा जिसस सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्हजन, गाउँपालिकाका १२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिका स्तरीय बाल सञ्जाल समितिका अध्यक्ष सरस्वती जिम्बा, बालअधिकार समितिका संयोजक झलक बहादुर थिङ, गाउँपालिकाका वाल क्लब, बालसञ्जालका पदाधिकारीलगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । घोषणाको चरणमा रहेको गाउँपालिकाका हरेक वडामा जिससबाट अनुगमन गरेर अनुमति दिने बताईएको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १२:२९ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...