back
NMB ad

गण्डकीका सबै जिल्लामा विपद उद्धार एकाइ स्थापना हुने

Kumari bank ad

पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताएका छन् ।

भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद व्यवस्थापन समिति पर्वतले आज (बिहीवार)आयोजना गरेको कार्यक्रममा उहाँले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने संरचनालाई भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिए । “ भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहले मापदण्ड बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भने, “परम्परागतशैलीमा बनाइएका भौतिक पूर्वाधारलाई क्रमशः विस्थापित गर्दै लग्नुपर्छ ।”

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार एकाइ ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको जानकारी दिदैं विपद्का बेला तत्काल उद्धारकार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोतसाधनसहित रेस्क्यु युनिट खडा गर्न लागिएको बताए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आवश्यक स्रोतसाधनले भ्याएसम्म पर्वतमा उद्धार कार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउँदै कुनै पनि ठाउँमा घटना हुने वित्तिकै वा हुने सम्भावना देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सबैमा आग्रह गरे ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले अहिले स्थानीय तहमा भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउँदै प्राविधिकले गरेको नक्शापासबिना कुनै पनि संरचना नबनाउन तथा बनाउन नदिनका लागि जनप्रतिनिधिहरु जिम्मेवार हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लामा ०७२ सालपछिको भूकम्पका कारण भत्किएका विद्यालयका संरचनाको पुनर्निर्माण प्रभावकारी रुपमा अघि बढेको बताउँदै पछिल्लो समय निर्माण भएका सबै संरचना पूर्णरुपमा भूकम्पप्रतिरोधी भएको जानकारी दिए ।

सो अवसरमा सशस्त्र प्रहरी बलको चण्डिका गणका प्रहरीले भूकम्प र भूकम्पपछिको उद्धारकार्यको नमूना प्रदर्शन (डेमोस्ट्रेसन) गरेका थिए ।

वि.सं.२०७७ माघ १ बिहीवार १३:५३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...