back
NMB ad

६ महिनामा झण्डै तीन अर्ब ८९ करोड राजश्व संकलन

Kumari bank ad

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष(आव)को छ महिनाको अवधिमा कुल तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजश्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा दुई करोड ५५ लाख ५४ हजारले कम राजश्व संकलन गरेको छ ।

गएको वर्षमा कार्यालयले सो अवधिमा तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजश्व संकलन गरेको थियो । चालु आवमा सो अवधिमा गएको वर्षभन्दा ३७ करोड ४४ लाख ३४ हजारले बढी राजश्व संकलन गर्न सफल भए पनि चालु आवमा लक्ष्य हासिल गर्न दुई करोड ५५ लाख ५४ हजार अपुग रहनुको कारण अन्तःशुल्कमा कमी आएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

गत वर्षमा सोही अवधिमा कार्यालयले चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजश्व संकल गर्ने लक्ष्यमा ९८ करोड १० लाख ४६ हजार कम राजस्व संकलन भएको थियो । आव २०७५र७६ मा कार्यालयले सो अवधिमा तीन अर्ब १८ करोड १३ लाख ३१ हजार, आव २०७४र७५ मा सो अवधिमा दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व संकलन भएको थियो ।

तुलनात्मक रुपमा कार्यालयले चालु आव २०७४/७५ को भन्दा एक अर्ब ४२ करोड ४३ लाख ४४ हजार, आव २०७५/७६ को भन्दा ७० करोड ८४ लाख तीन हजार र आव २०७६/७७ को भन्दा ३७ करोड ४४ लाख ३४ ले बढी राजश्व संकलन गर्न सफल हुनुमा कार्यालयले कडा मेहनत, अनुगमन र क्रियाशीलताले बढाएको प्रमुख सापकोटाले बताए ।

चालु आवमा संकलित राजश्वमा आयकर एक अर्ब ५३ करोड ८७ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर एक अर्ब १४ करोड १९ लाख ८९ हजार, अन्तःशुल्क एक अर्ब २० करोड ८९ लाख ६३ हजार छन् ।

अन्तःशुल्कतर्फ चालु आवको छ महिनाको अवधिमा दुई अर्ब तीन करोड ४४ लाख २३ हजार संकलन गर्ने लक्ष्यमा ८२ करोड ५४ लाख ६० हजारले कम संकलन हुनुको कारण मादकपदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोवार नहुनु रहेकोे प्रमुख सापकोटाले जानकारी दिए ।

कार्यालयले चालु आवमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धि करमा १५९ प्रतिशत र अन्तःशुल्कमा ५९ प्रतिशत प्रगति हासिल गरेको छ । अहिले मुलुकको अवस्था सामान्य रहेको, व्यापारिक क्रियाकलाप पनि बढी रहेको, निर्माणका कार्यहरु पनि शुरु भएको अवस्थामा र कारोना महामारीको अवस्थामा पनि व्यापार व्यावसाय सञ्चालनमा आएकाले आउने दिनमा अन्तःशुल्कमा पनि सुधार हुने कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता   

वि.सं.२०८१ जेठ २ बुधवार १७:०१

काठमाडौँ, २ जेठ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५५

काठमाडौँ, २ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य   

वि.सं.२०८१ जेठ २ बुधवार १६:५०

काठमाडौँ, २ जेठ : आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब अनुमान  

वि.सं.२०८१ जेठ २ बुधवार १६:४६

काठमाडौँ, २ जेठ : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ २ बुधवार १६:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...