back
NMB ad

एक आपसमा मर्ज हुँदै यी दुई वित्तिय कम्पनी, यसरी भयो अन्तिम सम्झौता !

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आइतवार (आज) आयोजना गरिएको तेस्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा संस्थाको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, आ वा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको लघुवित्तले जनाएको छ ।

यसका साथै एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ ।

त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।

त्यस्तै साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधीत्व गर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र श्री प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त भएका छन् ।

हाल लघुवित्तले १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरुसहित करिब ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

‘साथीसँगै सवल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको जनाइएको छ । – प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ ४ आइतवार ११:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...