back
NMB ad

करोडौंका पक्की पुल अलपत्र, ठेकेदार सम्पर्कविहीन

Kumari bank ad

भगीरथ भण्डारी, इलाम । इलाममा करोडौँका पुल अलपत्र अवस्थामा रहेका छन् । २०६८ सालमा ठेक्का लागेका पक्की पुल नौ वर्ष बितिसक्दा पनि सम्पन्न नभई अलपत्र बनेका हुन् । अलपत्र रहेका पुलका ठेकेदार यतिबेला डिभिजन सडक कार्यालयको सम्पर्कविहीन रहेको पाईएको छ ।

राजदुवाली–चिसापानी–दानाबारी–शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौंदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६८/६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ ।

जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेकोे थियो । पुल निर्माण गर्ने जिम्मा लिएका कम्पनीका प्रतिनिधिको डिभिजन सडक कार्यालयलाई उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा नम्बरनै बन्द गराएको टेलिकमको सन्देश आउँछ ।

९० प्रतिशत काम सकिएको भनिएको सो पुलको पुलसम्म पुग्ने सडक र रेलिङ्गको काम बाँकी छ । बेलामा काम नगरेपछि निर्माण कम्पनीलाई हर्जना गराउन सडक डिभिजन कार्यालयले २०७३ देखिनै बैंकलाई पत्रचार गरिरहेको छ । तर, बैंकले ठेकेदारको बैंक ग्यारेन्टीबाट हर्जना समेत भुक्तानी गर्न आनाकानी गरिरहेका छन् ।

शुरुमा बैंक ग्यारेन्टी रहेको राष्ट्रिय वाणिज्य बैंक र अर्को बैंक ग्यारेन्टी जारी गर्ने नेपाल बंगलादेश बैंकलाई पटक पटक पत्राचार गर्दासमेत हर्जना समेत गराउन नसकेको डिभिजन सडक कार्यालयका प्रमुख अविमनदास मुल्मीले बताए । ९० प्रतिशत काम पुरा भएको भनिएको पुलको पुलसम्म पुग्ने बाटो र नदी नियन्त्रणको काम बाँकी रहेको मुल्मीको भनाइ छ ।

इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई ५ को सोयाङ जोड्ने माईखोलाको दुधाङमा पक्की पुल बनाउन २०७०र०७१ मानै सडक डिभिजन कार्यालयले ६ करोड १६ लाख ९२ हजार एकसय ७२ रुपैयाँमा ठेक्का लगाएको हो ।

सदरमुकामबाट माईजोगमाई गाउँपालिकाको केन्द्र जोड्ने पुल पाँच वर्षअघिनै पुरा भएर सञ्चालनमा आउनुपर्ने हो । तर ठेकेदारको ढिलासुस्तीका कारण अझै पुल पुरा हुन केही वर्ष कुर्नुपर्ने अवस्था छ ।

सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने यो मोटरबाटो कालोपत्रे नभए पनि यसअघि आरआरआर एसडीपी नामक सरकारी परियोजना र उन्नति समावेशी बृद्धि कार्यक्रममार्फत एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएर ग्राभेल भइसकेको छ । उक्त बाटोमा पर्खाल, नाली, कल्भर्ट जस्ता संरचना पनि बनिसकेका छन् । बीचमा रहेको खोलामा पुल नहुँदा यो बाटोमा वर्षाद्का चार महिनाभन्दा बढी गाडी कुद्दैनन् ।

बेलामा पुलको काम नसकिएपछि ठेकेदार कम्पनी नेशनल नीलगिरी जेभीलाई डिभिजन सडक कार्यालयले हर्जना समेत गरिसकेको छ । कार्यालयले कम्पनीलाई ३० लाख एक हजार पाँच सय ३१ रुपैयाँ हर्जना गरिएको मुल्मीले बताए ।

हर्जना तिराएपछि ठेकेदार काम गर्न तयार भएका छन् । ‘हामी वेट एण्ड सिको अवस्थामा छौ, अब पनि राम्ररी काम भएन भने ठेक्का तोड्ने प्रक्रियामा जान्छौ’,डिभिजन प्रमुख मुल्मीले भने,‘यो अन्तिम मौका हो ।’ बेलामा काम नगरेका ठेकेदारले अहिले भने कोरोना र लकडाउनका कारण काम गर्न नसकेकेको बाहानाबाजी गर्ने गरेका छन् ।

पूल निर्माणको ठेक्का लाग्नु भन्दा दुई वर्ष पछि शुरु भएको सात मेघावाटको सुपरमाई जलविद्युत आयोजना निर्माण थालेको १६ महिनामै पूरा भएर विद्युत उत्पादन भइरहेको छ । त्यसैको क्यासकेट (सहायक) आयोजना २०७६ को भदौदेखि निर्माण थालिएको तीन मेघावाटका आयोजना २०७७ असारमा निर्माण पुरा भएर उत्पादन शुरु भयो ।

सुपरमाई हाइड्रो कम्पनी लिमिटेडको लगानी रहेको हाइड्रो प्रोजेक्ट निर्धारित समयभन्दा अघिनै सम्पन्न भएर विद्युत उत्पादन गरिरहदा हाइड्रो प्रोजेक्टको नजिकै रहेको दुई स्ल्याबको दुधाङ पुलको अवस्था भने अलपत्र छ । हाइड्रो प्रोजेक्ट भन्दा चारवर्ष अघि निर्माण शुरु भएको पुलको अहिलेसम्म एउटामात्र स्ल्याब पुरा भएको छ । नीजि लगानीमा दुईरदुईवटा विद्युत योजना सम्पन्न हुँदा सरकारी लगानीमा बनाउन थालिएको पुलको अहिलेसम्म एउटा मात्रै स्ल्याब हालिएको छ ।

त्यस्तै, रातोखोलामा निर्माण भइरहेको सानोमाई २ पुल पनि चारवर्षदेखि अलपत्र छ । शिवाको बस्नेत निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको ३५ मिटरको एक स्ल्याबको पुलको आधा पनि काम भएको छैन । पुलको फाउण्डेशन र सव स्टक्चरको काम मात्रै भएको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । चार करोड ६९ लाख ५१ हजार एक सय ४२ रुपैयाँमा निर्माण गर्ने भनिएको पुलको दुई करोड ८४ लाख ५१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । चार वर्षदेखि अलपत्र रहेको पुल निर्माण गर्ने कम्पनीलाई कार्वाहीको चेतावनी पछि बल्ला काम शुरु भएको छ । रातेखोलामा निर्माण थालिएको सानोमाई १ पनि तीन वर्षमा सकिएको छैन । सरकारले कोरोना माहामारीका कारण ६ महिना म्याद थप गरेपछि आउँदो मंसिरसम्म पुल निर्माण गरिसक्नुपर्ने थियो । तर, पुल निर्माणका लागि कार्यालयले यस अघिनै दुई पटक म्याद थप गरिसकेको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...