back
NMB ad

सरकारी सेवा छाडेर होटल व्यवसायमा

Kumari bank ad

चितवन । नेपाल प्रहरीको २२ वर्षे सेवाअवधि पूरा गरेकी कल्पना पौडेल खड्काले यहाँ होटल व्यवसाय शुरु गरेकी छिन् ।

प्रहरी सेवामा रहँदा विभिन्न जिल्लामा अपराध अनुसन्धानमा बढी समय बिताएकी उनले भरतपुरका चौबीसकोठीमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचन सञ्चालनमा ल्याएकी हुन् ।

भरतपुर महानगरपालिका–३ बेलचोक निवासी उनले प्रहरी नायब निरीक्षक पदबाट गत वर्ष स्वेच्छिक अवकाश लिएकी थिइन् । अनिवार्य अवकाशका लागि आठ वर्ष बाँकी रहेको भए पनि ऊर्जाशील समयमा व्यवसाय गर्नकै लागि सेवा निवृत्त भएको उनले बताइन् । उनले एक करोडभन्दा बढी ऋण धन जुटाएर आकर्षक होटल सञ्चालनमा ल्याएकी छिन् ।

तीस जना अट्ने सभाकक्षसहित एकै पटकमा १०० भन्दा बढी बसेर खाना खान मिल्ने गरी होटल सञ्चालनमा ल्याइएको छ । होटलमा मुख्यरूपमा थकाली खानासँगै रेष्टुरेण्टमा पाइने सबै प्रकारका खाना र खाजा पाइन्छन् । उनले भनिन्, “मेरोमा सेवाग्राहीको चाहनाअनुसार अन्यत्र पाइने खाजाका सबै परिकार बन्दछन् ।

तैपनि थकाली खाना हाम्रो मुख्य परिकार हो ।” स्थानीय जातको कुखुरा, खसी, हाँसको मासुसहितको खाना धेरैले मन पराएको उनको भनाइ छ । होटलमा मःमः, चाउमिन, ललिपप, चिकेनचिल्लीलगायतका रेष्टुरेन्टका परिकार पाइन्छन् ।

गत वैशाखबाट शुरु गरिएको होटलमा हाल दैनिक १०० भन्दा बढीले सेवा लिने गरेको उनको भनाइ छ । सानो ठाउँमा राम्रो व्यवस्थापनका साथ आकर्षक सजावट गरेर होटल बनाइएको छ ।

पूर्वपश्चिम राजमार्गमा जोडिएको उक्त होटल भरतपुर विमानस्थलसँगै रहेको छ । होटल अगाडि पार्किङको सुविधासमेत भएकाले ग्राहकको रोजाइ बन्न सकेको उनको भनाइ छ ।

अपराध नियन्त्रणसँगै महिला अधिकारका क्षेत्रमा काम गर्ने भएकाले उनको होटलमा जिल्लाका महिला अधिकारकर्मीको पनि राम्रो उपस्थिति हुने गरेको छ ।

लामो समय जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहेकी पौडेलको राजनीतिक, सामाजिक र व्यवसायिक व्यक्तिको सम्पर्क राम्रो रहेकाले पनि होटल व्यवसायमा सहयोग पुगेको उनी बताउँछिन् ।

वि.सं.२०७७ माघ ६ मंगलवार ०९:२४ मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...