back
NMB ad

सरकारद्वारा होटलहरुको वर्गिकरण, के-के छन् नयाँ नियम ?

Kumari bank ad

काठमाडौं । सरकारले होटलहरुको वर्गिकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एकतारे होटलदेखि पाँचतारे होटलहरुको वर्गिकरण गरेको हो ।

होटल, लज, रेष्टुराँ, बार तथा पथ पदर्शक नियमावली २०३८ मा दिएको अधिकारको प्रयोग गरेर होटलहरुको वर्गिकरण गरेको जनाएको छ । नयाँ नियमअनुसार होटलले दिने २४ सै घन्टा सेवा दिनुपर्छ ।

काठमाडौं उपत्यकाका होटलहरुमा २० देखि १५० ओटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने भनिएको छ । त्यस्तै, पाँचतारे डिलक्स होटलमा १५० ओटा सुत्ने कोठा, पाँचतारा स्तरको होटलमा १ सय कोठा, चार तार स्तरका होटलमा ८० कोठा, तीनतारा स्तरका होटलमा ६० ओटा कोठा, दुई तारास्तरका होटलमा ४० कोठा र एकतारामा २० ओटा सुत्ने कोठा हुनुपर्ने अनिवार्य गरिएको छ ।

मन्त्रालयले उपत्यका बाहिरका होटलको हकमा भने क्रमश १००, ८०, ६०, ४५ , ३० र १५ हुने पर्ने अनिवार्य व्यवस्था गरेको छ । पाँचतारे डिलक्स होटलदेखि एकतारे होटलहरुमा क्रमश ४०, २५, १५, १०, ५ ओटा सवारी अट्ने पार्किङ व्यवस्था हुनुपर्ने नयाँ व्यवस्था गरेको छ ।

वि.सं.२०७७ माघ ७ बुधवार १५:३३ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...