back
NMB ad

भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने

Kumari bank ad

काठमाडौँ । भारत सरकारले नेपाललाई अनुदान स्वरूप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारतीय राजदूतावासले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी आगामी केही दिन भित्र सबै खोप काठमाडौँ आइपुग्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले उपलब्ध खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन तथा सरसफाइमा कार्यरत कर्मचारीलाई उपलब्ध हुने बताउनुभयो ।

मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप खरिद तथा प्रयोगका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा भइसकेको र खोप प्राप्त भएपछि तुरुन्तै खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

मन्त्री त्रिपाठीले नेपाल सरकारले कूल जनसङ्ख्याको करिब ७२ प्रतिशत जनसङ्ख्यालाई खोपयोग्य जनसङ्ख्याको रूपमा पहिचान गरी आवश्यक खोप खरिद गर्ने तयारी गरिरहेको र खरिद प्रक्रिया छिट्टै सुरु हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना विरुद्धको लडाई जित्नका लागि सबै राष्ट्रहरू बीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

वि.सं.२०७७ माघ ७ बुधवार १६:०६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...