back
NMB ad

सुन्तला किसानलाई अनुदानमा कार्टुन

Kumari bank ad

बागलुङ । बगानमै सुन्तला खोज्न आउनेले जसोतसो लैजान्छन् तर टिपेर बजार पठाउन किसानलाई सधैँ समस्या हुने गरेको छ । गाउँमै प्रदेश सरकारले बनाएको शीतभण्डार छ । चिसोमा शीतभण्डारमा राखेर गर्मी मौसममा बिक्री गर्दा कसरी बजार पठाउनु ?

बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई सधैँ सुन्तला बजार पठाउन समस्या हुने गरेको थियो । आफैँ कार्टुन बनाउन महँगो पर्ने र दाताको आशामा रहेका किसानले कहिले नगरपालिका त कहिले कृषिसँग सम्बन्धित अन्य संघ संस्थासँग गुहार माग्ने गरेका थिए । बजारमा १२० पर्ने कार्टुनमा २० किलोमात्रै सुन्तला अट्छ । सिजनमा पाँच प्रतिकिलो सुन्तला बिक्री गर्दा किसानको मुनाफा कार्टुनमै सकिने भएकाले आफैँले बनाउन नसकेको गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्का बताउछन् । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानका लागि ९० प्रतिशत अनुदानमा कार्टुन वितरण गर्दथ्यो ।

सङ्घीयता कार्यान्वयन भएर कार्यालय खारेज भएसँगै किसानले गुहार माग्ने ठाउँ मेटियो । गत आ.वमा बागलुङ नगरपालिकाले सुन्तलाको बजारीकरणका लागि भनेर दिएको तीन लाख अनुदान पनि शीतभण्डारको व्यवस्थापनमा खर्च भएको सहकारीको तथ्याङ्कमा छ । गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापनाको निर्णय गरेसँगै बागलुङमा स्थापना भएको ज्ञान केन्द्रले सुन्तला उत्पादक किसानलाई आशाको दियो बालेको छ । पहिले दुई जिल्ला हेर्ने गरी पर्वतमा रहेको ज्ञान केन्द्रमा पहुँच नभएका किसान कार्यालय स्थापनासँगै धाउन थालेका छन् ।

हिजो बिहीवार सिगानाका सुन्तला उत्पादक किसानले कार्यालयको तर्फबाट पहिलोपटक राहतको सास फेर्ने गरी सहयोग पाए । साविकको कृषि विकास कार्यालयले सुन्तला उत्पादक किसानकै लागि भनेर तयार पारेको सुन्तला राख्ने कार्टुन किसानलाई दिएको छ । झण्डै ७० हजार पर्ने कार्टुन किसानको समस्या देखेर अनुदानमा उपलब्ध गराएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । “हामीले ७५० थान कार्टुन अनुदानमा दिएका हौँ, पहिले ९० प्रतिशत अनुदानमा दिने विधि थियो”, भट्टराईले भने, “यहाँ थन्किएर बस्ने किसानले दुःख पाउने भएको थियो ।”

किसान आफैँले ढुवानी गर्ने गरी कार्टुन पाएका छन् । सिजनमा शीतभण्डारमा राखेका सुन्तला बेसीजनमा बजार पठाउन कार्टुनले सहयता गर्ने अध्यक्ष खड्काले बताए । “देख्दा सानो तर हामी किसानका लागि ठूलो सहयोग हो”, उनले भने, “एक पटक प्रयोग भएपछि सकिने वस्तु बनाइराख्न किसानलाई कठिन हुँदो रहेछ ।’ सिगानामा फलेको सुन्तलालाई बागलुङको परिचय दिने गरी बजार पठाउन सहज हुने उनको बुझाइ छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १२:२१ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...