back
NMB ad

देगु तलेजु मन्दिरको जीर्णाेद्घार र पुनः निर्माण गरिने

Kumari bank ad

ललितपुर । पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिर केही भाग जीर्णाेद्घार त केही भाग पुनःनिर्माण गरिने भएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी गोरखा महाभूकम्प र पटकपटक आएको परकम्पनका कारण सो मन्दिर जीर्ण भएकाले प्राचीन सम्पदा नमासिने गरी पाँच वर्षपछि बल्ल बिग्रिएका भाग मात्र निर्माण गर्न लागिएको हो ।

मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि तत्काल स्काफोल्डिङको काम अघि बढाइने छ । मन्दिर भूकम्पको धक्काले कस्तो अवस्थामा पुगेको छ भन्ने सम्पूर्ण जानकारी लिन फलामको पाइपको खट बाँधेर माथि चढ्नुपर्छ ।

मन्दिर माथि चढेपछि अध्ययन तथा अनुसन्धानका लागि तीन महिनाको समय दिइन्छ । सो समयपछि मन्दिर निर्माणको काम छिट्टै अघि बढाइने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले बताए । उनले भने, “मन्दिर भत्काउन शुरु गरेपछि त्यहाँका इँटा, कलात्मक काठलगायत पुरातात्विक महत्वका वस्तु मुचुल्का बनाएर सुरक्षित भण्डारण गर्नेछौ ।”

मन्दिर निर्माणका लागि जापान सरकारले रु १३ करोड रकम सहयोग गरेको सिंहले जानकारी गराए । मन्दिरको अवस्था सर्सरती हेर्दा छाना पानी चुहिएर बिग्रिसकेकाले सबै पुनःनिर्माण गर्नुपर्ने देखिन्छ ।

मन्दिरको गारो भने बिग्रिएको भाग मात्र मर्मत गरिने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले बताए । उनले भने, “मन्दिर सबै भत्काएर बनाउने चाहिँ होइन । मन्दिरमा धेरैजसो मक्किएका, कुहिएका र बिग्रिएका काठ फेर्नुपर्छ ।” मन्दिर मर्मतसम्भार र निर्माणको काम उपभोक्ता समितिमार्फत हुने रञ्जितकारले जानकारी गराए ।

तलेजु मन्दिर तीन तालाको छाना हुनुका साथै आठदेखि नौतले अग्लो छ । मन्दिरको गारो २५ प्रतिशत पुनःनिर्माण र बाँकी ७५ प्रतिशत जीर्णाेद्घार गरिनुका साथै दलिन भने ५० प्रतिशत जीर्णाेद्घार र ५० प्रतिशत पुनःनिर्माण गरिनुपर्ने रहेको बताइएको छ ।

जापानी भाषा प्यागोडा अर्थात् नेपाली भाषा छाने शैलीमा सो मन्दिर सन् १६८० मा राजा शिवसेनले बनाएका हुन् । देगु तलेजु मन्दिर ललितपुरकै अग्लो र ठूलो मन्दिर पनि हो । सो मन्दिर जस्तै पाटनको महत्वपूर्ण नरसिंह मन्दिर पनि उपभोक्ता समितिमार्फत छिट्टै निर्माण हुने भएको छ ।

यसैगरी पाटनको भीमसेन र बुङ्मतीको रातो मच्छिन्द्रनाथ मन्दिर भने उपभोक्ता समितिमार्फत धमाधम पुनःनिर्माण भइरहेको छ । त्यसैगरी पाटनको कृष्ण, हरिशङ्कर, चार नारायण, योगनरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ आदि निर्माण सम्पन्न भइसकेका छन् ।

छ वर्षअघि भूकम्पले भत्काएको पाटन दरबार परिसरका ९० प्रतिशत सम्पदा निर्माण सम्पन्न भइसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...