back
NMB ad

भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मङ्गलबार भन्सार विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताउनुभएको हो ।

यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि उहाँले बताउनुभयो । निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने पौडेलको भनाइ छ । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गर्नुभयो । यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नसमेत उहाँले माग गर्नुभयो । भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनसमेत अध्यक्ष गोल्छाले आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार सङ्गठनको सिद्धान्तअनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताउनुभयो । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो ।

भन्सार प्रशासनले व्यवसायीहरूलाई विश्वास गर्न नसक्दा वस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यस्तै भ्याटको दर, आयकरको दरलगायतका करका दर घटाउनसमेत उहाँले माग गर्नुभयो ।

वि.सं.२०७७ माघ १३ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...