back
NMB ad

एनआईसी एशिया बैंकको खुद नाफा २ अर्ब भन्दा बढी, यस्तो छ बैंकको पछिल्लो वित्तिय विवरण

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु. २ अर्ब ६ करोड ५ लाख खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु. ४ करोड ४३ लाख अर्थात २.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले रु. २ अर्ब १ करोड ६२ लाख खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा रु. ७२ करोड ८१ लाख रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी रु. २९ करोड ९३ लाख बढेर रु. ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको फि तथा कमिशन आम्दानीमा उल्लेख्य गिरावट आएपछि खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न नसकेको देखिन्छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रु. १ अर्ब ४० करोड रुपैयाँ फि तथा कमिशन आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा रु. ९३ करोड ५६ लाख मात्र यस्तो आम्दानी गरेको छ ।

पुस मसान्तसम्ममा रु. ११ अर्ब ५६ करोड ४० लाख चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा रु. ६ अर्ब ८९ करोड २८ लाख रहेको छ भने रिटेन्ड अर्निङ्गमा रु. ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । खुद नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रु.४१.६१ रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर रु. ३५.७३ कायम भएको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १०:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...