back
NMB ad

कति कमायो ग्लोबल आइएमई बैंकले नाफा ? यस्तो छ बैंकको वित्तिय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा सवा २ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२ करोड ९२ लाख रुपैयाँ अर्थात ३७.३२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ८ अर्ब १७ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ६७ करोड रुपैयाँ थियो ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ रुपैयाँ ७७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २१ रुपैयाँ ४० पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ खर्ब ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ९० अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

कर्जा लगानी बढाएसँगै बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.२० प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर १.७२ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको आधार दर ९.६४ प्रतिशतबाट ६.७६ प्रतिशतमा झरेको छ । त्यसैगरी, बैंकको स्प्रेड दर ५.३१ प्रतिशतबाट ४.६९ प्रतिशतमा झरेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १०:३७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...