back
NMB ad

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो वित्तीय विवरण, नाफा कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा  ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ९० लाख रुपैयाँ अर्थात २.३२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि निष्क्रिय कर्जा बढेपछि खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४५ करोड २२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५ लाख ५६ हजार रुपैयाँ बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८ करोड १ लाख रुपैयाँ घटेर १ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जा बढेसँगै बैंकको इम्पेरमेन्ट चार्ज बढेपछि सञ्चालन मुनाफा घट्न पुगेको हो।

पुस मसान्तसम्ममा ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४६ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ५५ करोड ३८ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपैयाँ हुँदा जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९८ करोड १२ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ थियो।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा सामान्य गिरावट देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ रुपैयाँ १६ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १७ रुपैयाँ ७३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.०१ गुणा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब १८ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढाएसँगै बैंकको निष्क्रिय कर्जामा पनि सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर ०.७६ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर १०.२६ प्रतिशतबाट ७.५६ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.२४ प्रतिशतबाट ४.१९ प्रतिशतमा झरेको छ।

वि.सं.२०७७ माघ १५ बिहीवार १०:४२ मा प्रकाशित

You can share this post!

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...