back
NMB ad

यस्तो छ लक्ष्मी बैंकले सार्वजनिक गरेको वित्तिय विवरण

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लक्ष्मी बैंकको चुक्तापूँजी रू. १० अर्ब ६९ करोड ५६ लाख ९० हजार पुगेको छ ।

कम्पनीको चुक्तापूँजी ९ प्रतिशत बोनस शेयर मार्फत वृद्धि भएको हो । कम्पनीले बिहीवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष खुद नाफा १० दशमलव ६२ प्रतिशत घटेको छ । गत वर्ष रू. ९० करोड ३० लाख २९ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ८० करोड ७१ लाख १५ हजार मात्र यो नाफा गरेको हो ।

सञ्चालन नाफा १२ दशमलव ३४ प्रतिशत कम हुदाँ यस वर्ष कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष रू. १ अर्ब २९ करोड ४१ लाख १५ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब १३ करोड ४ लाख ३६ हजार मात्र यो नाफा गरेको छ ।

जगेडा कोष रकम भने यस वर्ष गत वर्षभन्दा ३० प्रतिशत बढी रू. ३ अर्ब ७१ करोड २२ लाख ७ हजार कायम भएको छ । गत वर्षभन्दा ६ प्रतिशत बढी रू. १ खर्ब ४ अर्ब ३५ करोड ७५ लाख ३४ हजार निक्षेप संकलन गरेको कम्पनीले १ दशमलव शून्य ४ प्रतिशत बढी रू. ९२ अर्ब ३८ करोड ७२ लाख ५८ हजार कर्जा प्रवाह गरेको छ ।

कम्पनीको निष्क्रिय कर्जा अनुपात गत वर्ष शून्य दशमलव ८८ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७६ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रू. १५ दशमलव शून्य ९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ८३ रहेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...