back
NMB ad

३७ प्रतिशतले बढ्यो मेगा बैंकको नाफा, यस्तो छ बैंकको वित्तिय प्रगति (विवरणसहित)

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ९५ करोड २ लाख ४ हजार रहेको थियो ।

गत वर्षभन्दा यस वर्ष ३७ दशमलव २८ प्रतिशतले कम्पनीको खुद नाफा बढेको हो । यस वर्ष सञ्चालन नाफा ३४ दशमलव ४६ प्रतिशत बढेको छ । गत वर्ष रू. १ अर्ब ३५ करोड ९७ लाख ६२ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार यो नाफा गरेको छ ।

बिहीवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ६८ करोड १३ लाख २० हजार छ । हाल कम्पनीको चुक्तापूँजी रू. १४ अर्ब ६६ करोड ४९ लाख ६४ हजार रहेको छ । जगेडा कोष रकम शून्य दशमलव ७१ प्रतिशत बढेर रू. २ अर्ब ९४ करोड ७२ लाख २६ हजार कायम भएको छ ।

यस वर्ष शून्य दशमलव ५७ प्रतिशत बढी रू. १ खर्ब २८ अर्ब ६२ करोड ४२ लाख ८५ हजार निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६७ प्रतिशत बढी रू. १ खर्ब २३ अर्ब ३९ करोड ५८ लाख ३३ हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर १ दशमलव ७१ प्रतिशत पुगेको छ । कम्पनीको यो अवधिसम्म प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ६४ रहेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...