back
NMB ad

भोलि निफ्राको आईपीओ बाँडफाँड हुने, कति कित्ता पर्ला त ? यस्तो छ अन्तिम तयारी !

Kumari bank ad

काठमाडौं । भोलि शुक्रबार बिहान १० बजे नेपाल पुर्वाधार विकास बैंक (निफ्रा) को आइपिओ बाँडफाँड हुने भएको छ । आइपिओ बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रिय कार्यलय लाजिम्पाट काठमांडौबाट आइपिओ बाँडफाड हुने भएको हो ।

बैंकको आईपीओमा कुल आवेदन मध्य १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएको छ । त्यस्तै ६ हजार २७६ आवेदन भने बदर भएका भएको छ ।

कुल सदर आवेदकहरु मध्ये ११ लाख ९४ हजार ४ आवेदकले ५० कित्ताभन्दा माथि आवेदन दिएका छन्। बाँकी २ लाख ८१ हजार ४ आवेदकले १० देखि ५० कित्तासम्म आईपीओ भरेको क्यापिटलले जनाएको छ ।

५० कित्ताभन्दा बढी आवेदन दिने सबै आवेदकले ५० कित्ता सेयर पाउनेछन् भने बाँकि सेयर तिनै ११ लाख ९४ हजार ४ जना आवेदक मध्यबाट भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले लक्की ड्रमार्फत थप १० कित्ता सेयर प्राप्त गर्ने छन् ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

आईपिओ बाँडफाँडको प्रत्यक्ष प्रसारण एनआइबिएल एस क्यापिलको फेसबुक पेज मार्फत गरिने क्यापिटलले जनाएको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १७:०९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...