back
NMB ad

आर्थिक सम्बृद्धिका लागि विदेशी लगानी अपरिहार्यः परिसंघ अध्यक्ष मोर

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको भेटमा क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने धारणा राख्नुभयो ।

सबै किसिमका बिपत्तिमा निजी क्षेत्र बिचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर सम्बृद्धि हांसिल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । ‘द्धन्द्ध, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोना जस्ता जटिल समय हामीले भोग्यौं । यी संकटले हामीलाई थप क्षमतावान भएर अघि बढ्न सिकाएको छ,’ अध्यक्ष मोरले भन्नुभयो ‘सरकारले उपयुक्त लगानी वातावरण सृजना गरेर अघि बढोस् मुलुक बन्छ ।’

देशको आर्थिक सम्बृद्धिका लागि स्वदेशी पुँजीसंगै विदेशी लगानीको परिचाल अपरिहार्य भएको भन्दै अध्यक्ष मोरले प्रक्रियागत झन्जटहरुमा सरकारले सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । श्रम शक्ति देशको महत्वपूर्ण पूँजी भएको भन्दै उहाँले स्वदेशमा सृजना हुने लगानी मैत्री वातावरणले युवाहरु ४५ डिग्रीको तापक्रममा काम गर्न जानेक्रमा रोकिने स्मरण गराउनु भयो ।

कार्यक्रममा परिसंघका उपध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नु पर्ने बताउनु भयो । नेपाली उद्योगी व्यवसायीहरु स्वदेशमा मात्रै नभई संसारभर प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुगेको भन्दै अग्रवालले निजी क्षेत्रको क्षमतामा विश्वास गर्न सरकारलाई आग्रह गर्नुभयो ।

 

‘पछिल्लो १० वर्षमा हामीले आफूलाई निकै तिखारेका छौं, हाम्रो क्षमता र फैलावटलाई अनुकुल हुनेगरी सरकारले समयनुकुल ऐन र नियम परिमार्जन गरेर निजी क्षेत्रलाई सघाओस्,’ उपाध्यक्ष अग्रवालले भन्नुभयो । नीतिगत सुधार र लगानीमैत्री वातावरणका लागि सरकारसंग निरन्तर पहल गर्ने परिसंघले जनाएको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १८:५६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...