back
NMB ad

लगानीकर्ताको ध्यान बैंकतीर, सेयर बजारमा फेरी नयाँ रेकर्ड

Kumari bank ad

काठमाडौं । निकै उतार चढावकाबीच सेयर बजारले आफ्नो गति लिने क्रम भनेको छोडेको छैन ।

पछिल्लो समयमा सेयर बजारले कुनै न कुनै रुपमा रेकर्ड कायम नै गरिरहेको छ । साताको पहिलो दिन आइतबार नयाँ रेकर्ड कायम गरेको सेयर बजारले सोमबार फेरी अर्को रेकर्ड कायम गरेको छ ।

 

कारोबारको सुरुमा केही गिरावट देखिएपनि अन्तिम समयमा नेप्से मापन गर्ने सूचक ३७.४८ अंकले बढेर इन्डेक्स २५६१.४७ बिन्दुमा रोकिएको छ ।

 

२०६ कम्पनीको २ करोड ११ हजार ५५५ कित्ता सेयर १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६९ रुपैयाँको सेयर किनेच भएको छ । यो नेपाली पुँजी बजारको इतिहासमा सबैभन्दा बढी भएको कारोबार हो । लगानीकर्ताको ध्यान बैंकिङ समूहमा जाँदा बजारलाई रेकर्ड ब्रेक गर्न सहज भएको देखिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गने सेन्सेटिभ इन्डेक्स ७.२८ अंकले बढेर ४६६.६० बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ६२.७२, विकास बैंक ८६.४२, वित्त २२.६८, जीवन बीमा समूहको उपसूचक २११.३७ अंकले बढेको छ भने निर्जीबन बीमा १३१.९२,माइक्रोफाइनान्स समूहको उपसूचक ३१.४२ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकका ६२ करोड १३ लाख ५३ हजार १२९ रुपैयाँको सेयर किनबेच भएको छ ।

वि.सं.२०७७ माघ २६ सोमवार १५:०६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...