back
NMB ad

महासंघको उद्योग समितिले उद्योग विभागलाई दियो ८ बुँदे सुझाव

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यले उद्योग विभागका महानिर्देशक जीवलाल भुषाललाई विभिन्न ८ बुँदे सुझाव दिनु भएको छ ।

विभागमा भएको भेटमा उहाँसहित समितिको टोलिले उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गर्दै विभिन्न सुझाव दिएको हो । सो अवसरमा सभापति आचार्यले महासंघको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजनाबारे जानकारी गराउनु भयो ।

भेटवार्तामा महासंघका तर्फबाट कोभिड प्रभावित उद्योगहरूलाई पुनरउत्थान र पुनसंचालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता परेकाले त्यसको कार्यन्वयनका लागि सहजिकरण गरिनु पर्ने, उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनु पर्ने, एकल बिन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने सुझाव रहेको छ ।

यस्तै उद्योगका लागि आवश्यक पूर्वाधारहरूको सरल र भरपर्दो व्यवस्था हुनु पर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नु पर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यवहारिक एवं संस्थागत कठिनाईहरूका बारेमा उद्योग बिभाग र महासंघका बीच कार्यदल गठन गरी सुझाव संकलन गर्ने तथा उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्ने लगायतका सुझाव राखिएको थियो ।

त्यस अवसरमा उद्योग विभागका महानिर्देशक भुषालले महासंघ नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको र महासंघले उठाएका विषयलाई सम्बोधन गर्दै जाने विश्वास दिलाउनु भयो ।

 

महानिर्देशक भुषालले एकल विन्दू सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासंघबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको बताउनु भयो । उद्योगहरूको संख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासंघले राखेको प्रस्तावलाई विभागको तर्फबाट पूर्ण समर्थन जनाउनु भयो ।

वि.सं.२०७७ माघ २७ मंगलवार १०:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...