back
NMB ad

अर्थ मन्त्रालयले घटायो बजेटको आकार, राजस्वले पनि लक्ष्य नभेट्ने

Kumari bank ad

पराजन के.सी.

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेले बजेटका आकारमा संशोधन गर्नुभएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेपनि मन्त्री पौडेलले त्यसलाई संशोधन गरेर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ मात्रैहुने जानकारी गराउनु भएको छ ।

 

अर्थ मन्त्रालयमा आयोजित चालु आवको बजेटको अर्धबार्षिक समिक्षा गर्दै मन्त्री पौडेलले खर्चको आकार घटाउनु भएको हो । मन्त्रीका अनुसार खर्च हुने संशोधित अनुमान कुल विनियोजनको करिब ९१.१९ प्रतिशत हो ।

 

यस्तै चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ खर्च हुने भनिएको छ । यो भनेको विनियोजित बजेटेका ९६.४० प्रतिशत हो । यस्तै पुँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको छ । यो भनेको विनियोजनको ८०.२० प्रतिशत हो भने वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ खर्च गर्ने भनिएको छ । यो भनेको विनियोजनको ८५ प्रतिशत हो । यो वर्ष सरकारले यो भन्दा बढी खर्च गर्न सक्ने सम्भावन नरहेको उहाँको भनाइ छ ।

 

सरकारले खर्च मात्रै नभएर राजस्वको लक्ष्यमा पनि संशोधन गरेको छ । राजस्व र आन्तरिक ऋण सहित १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ २७ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...