back
NMB ad

एनआरएनले नेपालमा बैंक खोल्ने, सहजकर्ताको भूमिका खेल्न परराष्ट्र मन्त्रालयलाई अनुरोध

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले नेपालमा एनआरएन बैंक स्थापना गर्ने बताउनु भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त बीच भेटघाटमा उहााले यस्तो बताउनु भएको हो ।

अध्यक्ष पन्तले बैंकको अवधारणा समेत पेश गर्दै त्यसको स्थापनाको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभयो । भेटमा अध्यक्ष पन्तले संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखा परेका विभिन्न कानूनी अड्चन फुकाई सहज रुपमा लगानीको वातावरण बनाउन आग्रह गर्नुभयो ।

एनआरएन बाइलस २०६६ र एफडीआई एक्ट २०७२ बाँझिएकोले त्यसलाई एनआरएन बाइलस २०६६ मा भएको व्यवस्था अनुसार नै कायम गरिदिन अध्यक्ष पन्तले अनुरोध गर्नुभयो ।

 

अध्यक्ष पन्तले नेपालमा एनआरएन फाउण्डेशन संघको विधान अनुसार परराष्ट्र मन्त्रालयमै दर्ता गर्न स्वीकृति प्रदान गर्न सुझाव पेश गर्दै संघले सञ्चालन गरेको कोरोना- रेशपोन्स टु नेपाली माइग्रेट वर्कर्स परियोजना सहज रुपमा कार्यान्वयनका लागि आवश्यक वातावरण निर्माण गर्न समेत अनुरोध गर्नुभयो ।

 

यस्तै कानून आयोगले तयार परेको एनआरएन ऐन-२०६४ को संशोधन प्रस्ताव र गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक यथाशक्य छिटो पारित गर्ने वातावरण निर्माणका लागि अनुरोध समेत गर्नुभयो ।

 

गैरआवासीय नेपालीको परिभाषालाई परिमार्जन गर्न समेत अध्यक्ष पन्तले मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराउनुभयो । उहाँले एक बर्षमा १८३ दिन नेपाल बाहिर बसेका व्यक्तिहरुलाई समेत गैरआवासीय नेपालीको परिभाषा भित्र समावेश गर्न सुझाव पेश गर्नुभयो । उहाँले हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोपको सहज उपलब्धताका लागि संघले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा समेत छलफल गर्नुभयो ।

त्यस अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले संघले ध्यानाकर्षण गराएका र पटक–पटक आग्रह गर्दै आएका सबै विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले सरकारले जी टु जी माध्यमबाट विभिन्न राष्ट्रसंग कोभिड-१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउन पत्राचार गरेको जानकारी गराउँदै त्यसको विश्वसनियता, आपूर्तिको अवस्था, वितरण तथा भण्डारणका मापदण्ड अनुसार उपयुक्त आपूर्तिकर्ता छनोट गर्ने प्रक्रियाको थालनी गरेको बताउनुभयो ।

संघले खोप उपलब्धता सहजिकरणका लागि देखाएको जिज्ञासा सकारात्मक भएको भन्दै उहाँले त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गर्न अध्यक्ष पन्तलाई आग्रह गर्नुभयो ।

 

संघका उपाध्यक्ष डा. बद्री केसीले रुसबाट सो खोप ल्याउन संघका तर्फबाट आफू र रुसी दूतावासले प्रयास गरिरहेको जानकारी गराउँदै उपयुक्त वातावरणको निर्माण गरिदिन समेत मन्त्री ज्ञवाली समक्ष अनुरोध गर्नुभयो ।

वि.सं.२०७७ माघ २८ बुधवार ११:३५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...