back
NMB ad

बैंक तथा वित्तीय संस्था फस्टाउन्, ऋण लिने व्यवसायीले पनि सावाँ ब्याज तिर्न सकुन्: प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको बताउनस भएको छ ।

 

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा राजधानीमा आयोजित राष्ट्रिय उद्योग ब्यवसायी भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले बैंक र वित्तीय संस्था फस्टाएसँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ ब्याज तिर्न सक्ने अवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

 

उहाँले उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान समेत गर्नुभयो । ‘सकेसम्म हाम्रा जमिन, जंगल, जडिबुटी आदिको कसरी अघिकतम् सदुपयोग गर्न सकिन्छ । त्यतापट्टी लाग्नुस् । सरकारले पूर्ण सहयोग गर्छ’ ओलीले भन्नुभयो,‘यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौं भन्ने सरकार हो ।’

 

प्रधानमन्त्री ओलीले कोभिड-१९का कारण प्रतिकुल असर परेका बेला कुनै कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताउनुभयो । कोभिड-१९ ले पारेको प्रतिकुल अवस्थाका बाबजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताउनु भयो ।

 

ओलीले सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीहरुलाई आग्रह गर्नुभयो । पार्टीका केही नेताहरुले सरकारलाई सहयोग गरेको भए धेरै काम गर्न सकिने अवस्था रहेको उहाँको भनाई थियो । ‘पार्टीका शीर्ष नेताहरुमा कुनै ठाउँमा खुट्टा टेक्दा केपि ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्ने प्रवृत्ति छ ’ प्रधानमन्त्रीले भन्नुभयो । सभाहरुमा समेत १६ जना मान्छे लाइन लागेर सबैले एउटै ‘केपि ओली’ केपि ओली’ केपि ओली’ मात्र भन्ने गरेको तर देश र दुःख पाएका जनता नसम्झिएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

वि.सं.२०७७ फागुन ३ सोमवार १७:३६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...