back
NMB ad

धेरै कर लगाउँदा इन्टरनेट महंगो भयोः सरोकारवाला, उपभोक्ताले महंगो भएको गुनासो गरेका छैनन्ः उपसचिव निरौला

Kumari bank ad

काठमाडौं । सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा इन्टरनेट महंगो भएको गुनासो सरोकारवालाहरुको रहेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरणः मुद्दा र चुनौतिहरु बिषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरुको नेपालमा इन्टरनेटमा लगाइने कर अत्याधिक भएको गुनासो रहेको छ । सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाउँदा यो सर्वसुलभ हुन नसकेको गुनासो छ ।

 

कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले सरकारले अन्य अत्यावश्यक वस्तुमा कर नलगाएको भए पनि इन्टरनेटमा भने कर लगाउनु विडम्बना भएको टिप्पणी गर्नुभयो । ‘अरु अत्यावश्यक सेवामा कर नलाग्ने तर इन्टरनेटमा लाग्ने किन ?,’ उहाले भन्नुभयो ‘सरकार इन्टरनेटमा कर थोपरेर महंगो बनाउन उद्यत छ ।’

 

इन्टरनेट वितरणको लागि पूर्वाधार सहप्रयोग नहुदाँ पनि इन्टरनेटको लागत महंगिएको उहाँको तर्क छ । इन्टरनेट सेवा प्रदायकहरुले पूर्वाधार कम्पनी खोलेर पूर्वाधारको सहप्रयोग गर्छौ भन्दा पनि सरकारले नमानेको उहाँले गुनासो गर्नुभयो । ‘सरकारले के चाहेको हो ? हामी अलमलमा छौं,’ उहाँले भन्नुभयो ।

नेपालमा इन्टरनेट महंगो हुनुको कारण र सेवा प्रदायकको भोगेको समस्याबारे प्रस्तुति दिंदै इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष एवम् भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक बिनय बोहराले नेपालमा इन्टरनेटको कर अत्याधिक भएको तथ्य प्रस्तुत गर्नुभयो । ‘इन्टरनेट सेवा नेपालमा धेरै कर थोपरिएको क्षेत्रमा पर्छ,’ उहाँले भन्नुभयो, ‘विभिन्न शिर्षकमा सेवा प्रदायकले ५० प्रतिशत भन्दा बढी कर तिर्नुपर्ने हुन्छ ।’

 

सरकारले लिने कर र नेपाल विद्युत् प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा लाग्ने भाडा शुल्कले पनि इन्टरनेट महंगिएको उहाँले बताउनु भयो । ‘पहिला २ सय ५० रुपैयाँ तिर्नुपर्ने भाडा अहिले ७ हजार रुपैयाँ पुगेको छ,’ उहाँले भन्नुभयो,‘इन्टरनेट सेवामा यति धेरै कर र भाडा दर लगाउन उपयुक्त हुन्न ।’

 

प्राधिकरणले आफ्नो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउँदा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको उहाँले बताउनु भयो । कोभिड-१९ को महामारीको बेलामा इन्टरनेट अत्यावश्यक सेवा भएको चेत धेरैलाई भए पनि महामारीको प्रभाव कम भएसँगै इन्टरनेट सेवा निरन्तरता दिने ग्राहक घट्न थालेको उहाँको दाबी थियो ।

 

‘इन्टरनेट अत्यावश्यक सेवा भए पनि नेपालमा महंगो भएकाले यो सबैको पहुँचमा पुग्न नसकेको दृष्टान्त हो यो,’ उहाँले भन्नुभयो,‘इन्टरनेटको कर घटाएर र भाडा दर कम गरी यसलाई सबैको पहुँचमा पुग्न सक्ने बनाउनुपर्छ ।’

 

इन्टरनेट सेवाको लागत कम गर्ने उपाय पूर्वाधार कम्पनी पनि भएको बताउँदै उहाँले पूर्वाधार कम्पनी खोलेर इन्टरनेट सेवामा दोरिएको लगानी हटाउनुपर्ने धारणा राख्नुभयो । ‘अहिले एउटै विद्युत् पोलमा दर्जनौं सेवा प्रदायकको तार टाँगिएको छ,’ उहाँले भन्नुभयो,‘अब पनि एउटै पोलमा धेरै तार विछ्याउन सक्ने अवस्था छैन ।’ हालसम्म नेपालमा १२ अर्बको अप्टिकल फाइबर आयात भएको तथ्यांक प्रस्तुत गर्दै बोहराले अप्टिकल फाइबर मर्मतको लागि वार्षिक थप १ अर्बको तार आयात हुने गरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ब्रोडव्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्रार्हस्थ उत्पादनमा १ दशमलब ३ प्रतिशतले योगदान गर्ने बताउनु भयो । सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको जानकारी गराउनु भयो ।

वार्षिक प्रतिव्यक्ति आय बढी भएका विकसित मुलुकमा इन्टरनेटको लागत वार्षिक आयको २ प्रतिशतमा कायम गरिएको भए पनि नेपालजस्तो अतिकम विकसित मुलुकमा भने वार्षिक आयको ५ प्रतिशतमा इन्टरनेट लागत कायम राख्न चुनौतिपूर्ण भएको उहाँको भनाइ छ । उहाँले प्राधिकरणबाट जारी दूरसञ्चार पूर्वाधार परियोजनाबारे जानकारी दिंदै यि परियोजना पूरा भएपछि इन्टरनेटको पहुँच थप सहज हुने दाबी गर्नुभयो ।

 

कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले अवस्था हेरेर इन्टरनेटको कर हेरफेर हुने भन्दै लागत सस्तो हुँदैमा प्रयोग नबढ्न सक्ने धारणा राख्नुभयो । उहाँले उपभोक्ताले इन्टरनेट महंगो भएको गुनासो नगरेको दाबी गर्नुभयो ।

 

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्रीराम पाण्डेले विश्वको अनुभव हेरेर नै प्राधिकरणले पोलको भाडादर कायम गरेको भन्दै तत्काल पोल भाडा नघट्ने संकेत गर्नुभयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपालको इन्टरनेट खासै महंगो नभएको दाबी गर्नुभयो ।

वि.सं.२०७७ फागुन ६ बिहीवार ११:४० मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...