back
NMB ad

रुरु जलविद्युत् परियोजनाको आईपीओ निष्काशन, कसले दिन पाउँछन् आवेदन ?

Kumari bank ad

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ६ र ७ का स्थानीयलाई पहिलो चरणमा आवेदन खुला गरिएको हो ।

 

कम्पनीले ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँको आईपीओ निष्कासन गर्न लागेकोमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई प्रति कित्ता एक सय रुपैयाँको दरले ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सि–आस्बा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी शाखा तम्घास तथा उक्त बैंकको खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकको तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट आवेदन दिन सकिनेछ ।

 

उक्त आईपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत ८ गतेसम्म आवेदन दिन सकिने छ । पहिलो चरणको सेयर बिक्री पछि दोस्रो चरणमा सर्वसाधारणका अंकित दरमा २० रुपैयाँ प्रिमियम थपेर १२० का दरले ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ निष्काशन गर्ने छ ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १०:३३ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...