back
NMB ad

सानिमा लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक

Kumari bank ad

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट फागुन ५ गते स्वीकृत भएपछि बोनसदर सार्वजनिक गरेको जनाएको छ । यो बोनसदर प्रतिवर्ष प्रतिहजारमा रहेको छ । बोनस न्यूनतम २० रुपैयाँदेखि अधकतम ६५ रुपैयाँसम्म रहेको छ ।

 

इन्स्योरेन्सका अनुसार अहिले ५ वटा बीमालेख सञ्चालनमा रहेका छन् । जसमा सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४वर्षको अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखमा ६५ रुपैयाँ बोनस रहेको छ ।

 

यस्तै सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४वर्षको अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ६५ रुपैयाँ बोनस रहेको छ ।
इन्स्योरेन्सका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखा अन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ रहेको छ भने २५वर्ष वा सो भन्दा माथिको बीमालेख लिनेको लागि बोनस नदिने उल्लेख छ । यो बीमालेख लिने कोही पनि बिमित छैन् ।

 

यता ट्रिपल इन्डाउमेन्ट लाइफ इन्स्योरेन्स बीमालेख अन्तर्गत १० देखि १४ वर्षको अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्षको लागि २० रुपैयाँ, २० देखि २४ वर्षको लागि २५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ३० रुपैयाँ बोनस रहेको छ । ज्वाइन्ट लाइफ इन्डाउमेन्ट बीमालेख अन्तर्गत १५ देखि १९ वर्षको लागि २० रुपैयाँ, २० देखि २४ वर्षको लागि २५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ३० रुपैयाँ बोनस रहेको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १३:०४ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...