back
NMB ad

जुनसुकै अवस्थामा पनि देश बनाउने लक्ष्यमा फेरबदल हुदैनः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो ।

उक्त नक्साको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको उद्घाटन गर्नुभएको हो ।

मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो ।

माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको पनि उहाँले बताउनुभयो । ‘उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता’, सँस्कृतश्लोक उधृत गर्दै प्रधानमन्त्रीले भन्नुभयो । आफु जस्तोसुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने अभियान रहेको उहाँको भनाई थियो ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उहाँले भन्नुभयो ।
किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनु पर्ने भनाई उहाँको थियो । ‘हामीसँग प्रशस्त खाद्यबाली छ । तर हामीलाई लामा सीटा भएका पालतलो चामल चाहिन्छ । खाने होइन ज्यूनार गरेजस्तो लाग्ने, भात होइन भुजा जस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो त्यही माटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो । कुनै धान देख्नुभएको छ १ इञ्च लामो ? त्यो सब धोका हो । पेलेर लामो बनाइएका हुन् । सब नक्कली हुन् ।’

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उहाँले प्रतिशतको तुलना अलि नमिलेको बताउनुभयो । यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘ठूलो मात्रामा उत्पादन गरेमा हामीले निर्यात गर्न बजार पाउँछौं । तर त्यसका लागि गुणस्तर, सहज मुल्य र समयमै आपूर्ति गर्नसक्ने क्षमता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब कृषिमा युवाहरुलाई आकर्षित गरिनुपर्ने समेत बताउनुभयो ।

सानो स्केलको उत्पादनले अब विकास नहुने भन्दै प्रधानमन्त्री ओलीले ठूलो स्केलको उत्पादनमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक डोको भिण्डी, एक डोको करेला फलाएर बजार पाएन भन्नु बेकार हो । अब हामी ठूलो मात्राको उत्पादनमा जानुपर्छ । ठूलो मात्राको उत्पादन गर्नुस् सरकारले बजारको व्यवस्था गर्छ ।’

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताउनुभयो । माटोको विद्युतीय नक्सांकन मार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने उहाँको भनाई थियो ।

आफू ३ वटै मन्त्रालयको नेतृत्वमा गइरहँदा ऐतिहासिक महत्व राख्ने महत्वपूर्ण कार्य गर्ने अवसर प्राप्त गरेको भन्दै उहाँले कृषि मन्त्रालयमार्फत दक्षिण एशियाकै पहिलो देश हुनेगरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको बताउनुभयो । ‘सार्क क्षेत्रमै हामीले पहिलोपटक माटोको डिजिटल नक्सा बनाउन सफल भएका छौ । हामीले नक्सा निर्माण गर्यौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘यसबाट माटोको अवस्था के छ ? के गर्दा उत्पादन बढाउन सकिन्छ ? गुणस्तरको अवस्था के छ भनेर पत्ता लगाएर त्यसअनुसारको कृषि कर्म अगाडी बढाउन सकिन्छ ।’ यो नक्सा कार्यान्वयनमा ल्याउदा कृषि क्षेत्रमा ठूलो क्रान्ति गर्न सकिने उहाँको भनाइै थियो ।

देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परिक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउनसक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ ।

वि.सं.२०७७ फागुन १३ बिहीवार १०:३९ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...