back
NMB ad

काठमाडौंमा देखियो बर्ड फ्लू, १५ हजार कुखुरा र साढे ३ हजार अण्डा नष्ट

Kumari bank ad

काठमाडौं । पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा बर्ड फ्लू देखा परेको छ ।

विभागका अनुसार काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका-१ मा लिएका व्यवसायिक कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाखामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग प्रमाणित भएको हो ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ,प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने वस्तु समेत नष्ट गरिएको छ ।

यस क्रममा ५ हजार ६५७ वटा लेयर्स कुखुरा, ७ हजार २३६ वटा ब्रोइलर कुखुरा, २ हजार ५०४ वटा लोकल कुखुरा, ५० वटा टर्की, १७ वटा बट्टाई सहित १५ हजार ४६४ वटा कुखुरा नष्ट गरिएको छ । यस्तै ३ हजार ५७० वटा अन्डा र ३ हजार केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइएको विभागको भनाइ छ । विभागका अनुसार रोग देखा परेको क्षेत्रलाई पूर्ण निः संक्रमण समेत गरिएको छ ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...