back
NMB ad

थप पुनर्बीमा कम्पनीको आवश्यकताबारे अध्ययन गर्न शर्माको संयोजकत्वमा समिति गठन

Kumari bank ad

काठमाडौं । बीमा समितिले नयाँ पुर्नबीमा कम्पनीलाई लाईसेन्स दिने वा नदिने भन्ने विषयमा अध्ययन गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

समितिका अनुसार बीमा विज्ञ भोजराज शर्माका संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन भएको छ । आइतबार गठन भएको समितिको सदस्यमा बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे र चाटर्ड एकाउन्टेन सुजन आचार्य रहनु भएको छ ।

समितिले काम भने बुधबारबाट सुरु गर्ने बताइएको छ । समितिलाई १५ दिन भित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने समय रहेको छ । त्यो अवधिसम्ममा आवश्यक सबै सूचना संकलन गर्न सकेको खण्डमा मात्रै त्यो अवधिमा प्रतिवेदन बुझाइने छ ।

बीमा क्षेत्रमा अन्नपूर्ण रि–इन्स्योरेन्स आउने चर्चा चलिरहेको समयमा समिति ठगन भएको छ । त्यो समितिले दिएको प्रतिवेदनमा नयाँ पुनर्बीमा आवश्यक नभएको ठानिएमा नयाँ कम्पनी आउने सम्भावना न्यून हुने देखिएको छ । अन्यथा समय थप गरेर भएपनि अध्ययन गरिने बताइएको छ ।

अहिले जीवन तथा निर्जीबन बीमा कम्पनी बढी भएको ठहर गरेको बीमा समितिले पुनर्बीमा को लागि नयाँ कम्पनी आवश्यक ठान्ने हो वा नठान्ने हो त्यो धेरैलाई चासोको विषय बनेको छ ।

समितिले अहिले बजारको स्थीति, भविश्यको सम्भावना, अहिले भएको कम्पनीले गरेको कामको प्रगति लगायतका विषयलाई अध्ययन गरेर नयाँ कम्पनी आवश्यक छ वा छैन भनेर प्रतिवेदन बन्ने एक सदस्यले बताउनु भयो ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १३:१८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...