back
NMB ad

एनआरएनए र पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिद्वारा लाप्राक नमूना बस्तिको निरिक्षण

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरुले लाप्राक नमूना बस्तिको निरिक्षण भ्रमण गरेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरक्षण भ्रमण गर्नुभएको हो । भ्रमणमा उहाँहरुसहित भ्रमण २० जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भएकोले यसप्रति संधै संघको लगाव रहने र भविष्यमा पनि यस बस्तिमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहेने बताउनुभयो ।

उहांले लाभग्राहिरुलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत संघले प्राधिकरणलाई घचघचाई रहेको जानकारी गराउंदै १२ बैशाख २०७८ मा अधिकारिक रुपमा बस्ति हस्तान्तरण गर्ने कार्यक्रम तय भएकोले सो समय भित्रै बस्ति निर्माणका अन्तिम कामहरु सम्पन्न गर्न लाभग्राहिहरुलाई सचेत गर्नुभयो । उहाँले बस्ति निर्माणमा सहयोग गर्ने राष्टिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सोही अवसरमा बस्ती निर्माण छिटै सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका छन् परियोजनाका सहसंयोजक, श्याम तामाङ्गले, बस्ति निर्माण सम्बन्धि भएका प्रगतिहरु बारे जानकारी गराउंदै बांकी काम एक महिना भित्र सहजै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।

त्यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले, बिभिन्न कठिनाईका बावजुत पनि यस्तो सुन्दर बस्ति निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वधार विकासको लागि प्रति लाभग्राहि प्राप्त हुने ४ लाख रुपैयाँ अनुदान दिन प्राधिकरण कटिवद्ध रहेको बताउनुभयो । साथै त्यस मध्य एक करोड ३५ लाखको लागतमा बस्तिको दक्षिण तर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको अवगत गराउनुभयो ।

वि.सं.२०७७ फागुन २० बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...