back
NMB ad

लाभांश र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न मिर्मिरे लघुवित्तले डाक्यो साधारणसभा

Kumari bank ad

काठमाडौं । चैत १८ गते मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १०औँ वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीले पञ्चकन्या ब्यंक्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशमलव २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने कम्पनीको तयारी छ । त्यस्तै, यस कम्पनीले स्वेडा लघुवित्तलाई प्राप्ति पश्चात पूँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसका साथै सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको नयाँ नियुक्ति र राजिनामाको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वि.सं.२०७७ फागुन २४ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...