back
NMB ad

कोरोना खोप केन्द्रको अनुगमन गर्दै मेयर शाक्य, कुन वडाको खोप कहाँ लगाउने ?

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना खोप केन्द्रहरुको अनुगमन गर्नुभएको छ । केन्द्रमा आउने जेष्ठ नागरिकका अनुभव सुन्न र केन्द्रको व्यवस्थापन हेर्न जनस्वास्थ्य विभागका अधिकारीसहित उहाँ अस्पतालहरुमा पुग्नु भएको हो ।

अस्पताल पुगेका मेयर शाक्यले ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ । अनुगमनका क्रममा मेयर शाक्यले, जनस्वास्थ्य विभागलाई जेष्ठ नागरिकहरुलाई आराम गर्ने ठाउँ, इच्छा अनुसार तातो र चिसो पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । आवश्यकता अनुसार महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लब र संघ संस्थाका प्रतिनिधिलाई खटाउन उहाँको निर्देशन रहेको छ ।

फागुन २३ गतेबाट ६५ बर्ष उमेर समूह माथिका जेष्ठ नागरिकका लागि कोरोना विरुद्ध दोस्रो चरणको खोप कार्यक्रममा सुरु भएको छ ।

दोस्रो प्राथमिकतामा ५५ बर्षमाथिका जेष्ठ नागरिक, विद्यालयका प्राध्यापक, विद्यालय (सामुदायिक÷निजी) का शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालक परेका छन् । खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, कार्यालयको परिचय पत्र लिएर जानुपर्नेछ । परिचय पत्र उपलब्ध नहुनेका लागि शिफारिस आवश्यक पर्नेछ ।

काठमाडौं महानगरभित्रका खोप केन्द्रहरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा वडा नम्बर १२, १३, १४, २० र २१, वीर अस्पतालमा २२, २३, २४, २७ र २८ वडाका स्थानीयलाई खोप लगाइने छ ।

छत्रपाटी निःशुल्क चिकित्सालयमा १६, १७, १८, १९, २४ र २५, परोपकार स्त्री तथा प्रसुति रोग अस्पतालमा वडा १०, ११, २८ र २९, निजामति कर्मचारी अस्पतालमा वडा १०, ३१ र ३२ का स्थानीयलाई खोप लगाइने छ । यस्तै मदरल्याण्ड अस्पताल, सिनामंगल, पेप्सीकोलामा वडा नम्बर ३२ र ६ तथा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा वडा नम्बर ९, ३० र ३१, ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा वडा नम्बर ४, ५, ६, ७ र ८का स्थानीयलाई कोरोना विरुद्धको खोप लगाइने छ ।

स्तुपा अस्पताल, बौद्धमा वडा नम्बर ६, ७ र ८, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वडा नम्बर ३, ४ र ५, त्रि. वि. शिक्षण अस्पतालमा वडा नम्बर ३, ४ र ५, हिमाल अस्पताल, नक्साल वडा १, ५, २९ र ३०, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज २, १६ र २६, वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा वडा नम्बर १३, १४, १५ र १९, जनमैत्री अस्पताल, बालाजुमा वडा नम्बर १६ र २६ का बासिन्दालाई कोरोना विरुद्धको खोप लगाइन्छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...