back
NMB ad

सहकारी सिष्टममा नचल्दा समस्याग्रस्त भएः महासंघ अध्यक्ष कंडेल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी संस्था सिष्टममा नचल्दा समस्याग्रस्त हुने गरेको बताउनु भएको छ ।

सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी पत्रकारिता तालिमको अवसरमा उहाँले यस्तो बताउनु भएको हो । सहकारीबाट आर्थिक रुपान्तरण संभव हुने भन्दै उहाँले सहकारीले उत्पादन र गरिबी निवारणमा महत्वपूर्ण टेवा पु¥याएको उनले बताउनु भयो ।

सहकारी सिष्टममा चल्न सके मात्र सहकारीबाट आर्थिक रुपान्तरण संभव हुने उहाँको भनाइ छ । सहकारी ऐनले उत्पादन र बजारीकरणमा क्रमश जोडिदै गएको उहाँले जानकारी गराउनु भयो । देशभकार ५ सय भन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको अध्यक्ष कंडेलको भनाइ छ ।

सहकारी विभागको पछिल्लो तथ्यांक अनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएको तथ्यांक सार्वजनिक गरिए पनि १ लाख भन्दा बढीले रोजगारी पाएको हुन सक्ने अध्यक्ष कँडेलको भनाइ छ ।

सहकारीको वास्तविक तथ्यांक आउन नसक्दा सहकारीको योगदानको कदर हुन नसकेको धारणा राख्नु भयो । ऐनले उत्पादन, बजारीकरण लगायत विविधि क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरु पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको उहाँको धारणा छ ।

अध्यक्ष कँडेलको सहकारीले विशिष्टकृत सहकारी संघमार्फत कृषि, आवास लगायतका क्षेत्रमा काम गरिरहेका भनाइ छ । आधा दर्जनभन्दा बढी विशिष्टकृत सहकारी संघ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको बताउनु भयो ।

वि.सं.२०७७ फागुन २८ शुक्रवार १६:५६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...